समाचार

नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

नेपालगंज । दशौं धारा नेपालगन्ज म्याराथनको पुर्वसन्ध्यामा हुने नेपालगन्ज कनक्लेवमा नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले महत्वपुर्ण साझेदारी गर्ने भएको छ ।धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ अन्तर्गत हुने नेपालगन्ज कनक्लेव हरेक बर्ष संयुक्त रुपमा गर्ने सम्बन्धमा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरका अध्यक्ष तीर्थ थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि मञ्चका अध्यक्ष थापाले देशकै प्रतिष्ठित

नेपाली राजदूतावास कतारको पहलमा करिब २५० बढीको राहदानी नवीकरण

दर्शन सुनार/कतार : पछिल्लो केही महिना देखि कतारमा रहेका नेपाली श्रमिकहरुले राहदानी नविकरणको लागि  दूतावासबाट खोलिने “स्लट” न पाएर बढी मात्रामा जनगुनासो आएपछी राहदानी र कतारी आईडीको  पनि म्याद सकिएर समस्यामा परेका नेपालीहरुका लागी राहदानी र स्लटका बिषयमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली राजदूतावास कतार फुलवारि रेष्टुरेन्टको सभाहलमा र नेपाली राजदूतावासको हलमा दुई पटक सम्म छलफलमा बसेको थियो । २९ सेप्टेम्बर २०२४ आईतवारका दिन नेपाली राजदूतावास

नेपाली महिला समाज कतारद्वारा सम्मान तथा समिक्षा कार्यक्रम सम्पन्न

दर्शन सुनार/ कतार : नेपाली महिला समाज कतारले रमाइलो तिज बिशेष कार्यक्रमको समिक्षा सगैं कार्यक्रमको आयब्य समेत सार्वजनिक गरेको छ । समाजले हरितालिका तिजको पावन अवसर पारेर आयोजना गरिएको ” रमाईलो तिज बिशेष” कार्यक्रमको समिक्षा,सम्मान तथा कार्यक्रमको आयब्य शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार फुलवारी रेष्टुरेन्टको सभाहलमा  सार्वजनिक गरेको हो । गत ३० अगस्ट २०२४ का दिन अल लक्तामा रहेको रहेको टयुनिसियन स्कुलको सभाहलमा सम्पन्न गरेको नेपाली महिला समाज कतार

शुक्रबार रोल्पाली समाज कतारले बृहत् साँस्कृतिक कार्यक्रम गर्दै

दर्शन सुनार/कतार : “ससार भर छरिएर रहेकारोल्पालीहरु गोलबन्द हौ” भन्ने मुल नाराका साथ २०७५ सालमा स्थापना भएको रोल्पाली सेवा समाज कतार शाखाले आगामी शुक्रबार बिविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको भएको छ । दाङ घोराही उपमहानगर पालिकामा  रहेको वाल शान्ती गृहलाई “मानव सेवा आश्रम सहयोगार्थ”  गर्ने हेतुले आयोजना गरिएको कार्यक्रममा दशै तिहार तथा छठ पर्व शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम २०८१ को आयोजना गर्ने भएको हो । समाजका

बर्षाले देशका प्रमुख २२ राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण देशभर २२ ठाउँको सड्क अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र  सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।  काठमाडौँ उपत्यका जोड्ने सिस्नेरी, लेले र बल्खु–फर्पिङ सड्क खण्ड अवरुद्ध भएको छ । कोशी प्रदेश स्थित राँके–भेडेटार, मध्य पहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडक अवरुद्ध छ ।  बागमती प्रदेश स्थित कान्ति लोकपथ, पासाङल्हामु राजमार्ग, बिपी राजमार्ग, भिमफेदी–कुलेखानी सड्क,

हनुमन्ते नदिबाट बगेको ग्यास बुलेट पुलमाथि अड्कियो

काठमाडौ । अविरल वर्षासँगै आएको बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान हनुमन्ते नदीमा बगेको बुलेट अहिले च्यासलस्थित पुलमा अड्किएको छ ।  बुलेट अडकिएर खोला छेक्दा च्यासल तरकारी बजार र एमाले पार्टी कार्यालय डुबानमा परेको छ । अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको र निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । राटोपाटीबाट साभार

भक्तपुरका विभिन्न क्षेत्र डुबानमा, ५ जना बेपत्ता

भक्तपुर । निरन्तर भारी वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ । सो क्षेत्रमा पहिरो र बाढीमा परी पाँच जना बेपत्ता भएका छन् । बाढी र डुबानका कारण जनजीवन अस्तव्यस्त भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका छन् । उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए । मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक

कतारमा ३९ जना नेपालीले गरे रक्तदान

दर्शन सुनार/कतार : “उत्कृष्ट मानविय सेवाबाट अभिप्रेरित भई रक्तदान-जिवनदान” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शेष घलेद्धारा सरंक्षित गैर आवासिय नेपाली संघ कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार कतारको हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ९० जनाको उपस्थिति रहेको थियो । ५३ जनाले रक्तदान गर्नको लागि रजिष्ट्रेसन गरेका थिए । जस मध्य

नेपालगञ्जमा रात्रि दौड सम्पन्न, सेनाका पाल र साहु बने प्रथम

नेपालगंज । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन्। संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दौडमा पालले ३१ः०७ः२१ मिनेटमा दस किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन्।  यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए। सन्तोषले ३२ः४८ः४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२ः५४ः६३ मिनेटमा दौड पूरा

भत्किएको नौं वर्षपछि सर्वसाधाराणका लागि खुल्यो धरहरा

काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले धरहरा आज खुला गरेको छ । नौं वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो ।  शहरी विकास मन्त्रालयले आज बिहानैदेखि धरहरा चढ्ने व्यवस्था मिलाएसँगै सर्वसाधारणको भिड लागेको छ ।मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा