समाज

विदेशमा ज्यान गुमाएका १५ नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ । आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक ल्याइएको हो । यसअघि गत माघमा मलेसियाबाट १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको थियो ।

नेपाल पक्षका नेताहरुलाई आफ्नो पक्षमा तान्न प्रधानमन्त्री ओलीको कसरत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपाल पक्षका नेताहरुलाई आफ्नो पक्षमा तान्न प्रयासरत् छन् । माधव नेपाल सहित चार जनालाई कारवाहीको पत्र पठाएका ओलीले सो समूहलाई फुटाएर एउटा पक्ष आफूतिर तान्न आफैं लागि परेका छन् ।   ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैले मनाउने प्रयास गरेका छन् ।

रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई १–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले रोनाल्ड एराउजोको पासमा गोल गरेका थिए । घरेलु मैदानमा बार्सिलोनाले रियल भालाडोलिडलाई

बैंकिङ कसुरमा फरार अभियुक्त नौ महिनापछि पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले बैंकिङ कसुर मुद्दामा फरार एक व्यक्तिलाई नौ महिनापछि पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा बिगत नौ महिनादेखि फरार रहँदै आएकी जिल्ला तनहुँ भानु नगरपालिका–१२ मिर्लुङ स्थायी घर भएका वर्ष २७ की आशा थापा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।   उच्च अदालत पाटनको विसं २०७७ असार १४ गतेको फैसलाले दुई दिन कैद र रु छ लाख जरिवाना हुने गरी फैसला सुनाएकोमा उक्त तोकिएको

ओली, काँग्रेस र माओवादी केन्द्रद्वारा सत्ता समीकरणमा जसपा नेता ठाकुरलाई  तानातान

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन् । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली काँग्रेसले जसपालाई आ–आफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन् । माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ । यसैक्रममा आइतबार ठाकुरसँग नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन् । ठाकुर निकट जसपाका नेता डा सुरेन्द्र झाले पौडेलले नयाँ सरकार

नवराजको नयाँ भिडियो 'आई लभ यु' सार्वजनिक

नेपालगंज । मोफसलका व्यस्त भिडियो निर्देशक नवराज सुवेदीले एक कार्यक्रमकाविच ‘आई लभ यु महिन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । हाल सम्म चार दर्जन वढी म्युजिक भिडियो निर्देशन गरिसकेका सुवेदीको यो ५२ औ भिडियो हो ।   आर. के.सी. डिजिटल युट्युब च्यानलवाट सार्बजनिक गरिएको यो गीतमा करन चौधरी र समिक्षा चौधरीले स्वर दिएका छन । करन चौधरीको शब्द संगीत, केशव बडुको एरेन्ज, कुमार रानाको मिक्सिङ्ग रहेको गीतमा देवदास र

सहसचिवहरुको सरुवा तयारी

काठमाडौं । सरकारले दर्जनौँ सहसचिवको सरुवा गर्दै छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि सरकारले नियुक्त तथा पदस्थापन गरेका ४४ सहित अन्य एक दर्जन गरी ५५ जना भन्दा बढी सहसचिवको सरुवा गर्न लागेको हो । १२ चैतमा बसको मन्त्रिपरिषद् बैठकले ज्येष्ठताबाट २२ र कार्य क्षमताबाट २२ गरी ४४ जनालाई नियुक्त गर्दै एकमुष्ठरुपमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

सल्यानमा भिर बाट खसेर एक जनाको मृत्यु

सल्यान । सल्यानमा भिर बाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ४ भेरीखोर नीबासी ४८ बर्षिय भिम बहादुर वली को भिरबाट खसेर मृत्यु भएको हो ।   चैत्र २१ गते आफ्नो साइँलो भाई हरिप्रसाद वली को पाली (खरको छाना ) छाउनको लागि चाख्ले भन्ने ठाउँमा गएको र सांझ करीब ६ बजे आफ्नो घर फर्किने क्रममा जिम जनप्रेम समुदायक वनको झाँक्री सल्ला भन्ने भिर बाट

जुम्ला ढिपुगाउँमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

जुम्ला । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ । पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको उनले बताए । वडाध्यक्ष बोहोराले भने, “आगो नियन्त्रण बाहिर छ । निभाउनका

राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिने मुडमा पुगेका छन् । सत्ता टिकाउन जनता समाजवादी पार्टी (जसपा)को शरणमा परेपनि नटिक्ने अवस्था आएपछि राजीनामा दिन तयार भएका हुन् । नेकपा खारेज गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि संकटमा परेका ओलीले सत्ता टिकाउन अनेक प्रयत्न गरे । उनले सत्ता टिकाउन कांग्रेस र जसपाको साथ खोजे । तर, दुवैको साथ नमिल्ने भएपछि ओली मानसिक रूपमा राजीनामा दिन