समाज

अपहरणकारीलाई फिरौती रकम नदिँदा हत्या, दुई जना पक्राउ

जनकपुरधाम । सिरहामा अपहरण गरी फिरौती रकम नदिँदा हत्या भएको घटना बाहिर आएको छ । मिर्चैया नगरपालिका ७ का शिवकुमार यादवलाई आफ्नै काकाको छोराले अपहरण गरी हत्या गरेको पाइएको छ । मृतक यादवका काकाको छोरा बिष्णु यादवले सालो ईन्द्रदेब यादवसँग मिलेर हत्या गरेको प्रदेश २ प्रहरी कार्यालयले प्रमुख धिरज प्रताप सिँहले जानकारी दिए । प्रदेश २ प्रहरी कार्यालयको प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा हत्यामा संलग्न रहेको आरोपमा बिष्णु यादव

पछिल्लो चौबीस घण्टामा थपिए १४५ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा १४५ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ९६३ जनाको पीसीआर परीक्षण गरिएकोमा १४५ जनाको नतिजा पोजेटिभ आएको हो ।   योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।   त्यस्तै चौबीस घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।   त्यस्तै पछिल्लो चौबीस घण्टामा १ जनाको

गृहसचिव न्यौपानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । सो अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगति सम्बन्धी जानकारी लिनुको साथै उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।   उक्त अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका

म्यानमारमा सेनाको गोली लागी सात वर्षीया बालिकाको ज्यान गयो

फाइल तस्वीर । काठमाडौं । म्यानमारमा सेनाले हानेको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । सत्ता हातमा लिएर सैनिक कू गरेको सेनाले आन्दोलन दबाउन प्रदर्शनकारीमाथि गोली चलाएको थियो । गोली लागेर सात वर्षीया बालिका घाइते भएकी थिइन् ।   उनको उपचारका क्रममा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारको मान्डेले शहरमा घरमा बसेकी बालिकामाथि सेनाले गोली हानेको थियो । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनका

फेरी कोरोना महामारीको जोखिम बढ्दै, सबै क्वारेन्टिन तयार राख्न सरकारको निर्देशन

काठमाडौं । सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।   जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गर्छ । केन्द्रमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव

काठमाडौंमा १९ वर्षीया युवतीलाई प्रेमीले मट्टितेल खन्याएर आगो लगाए, अवस्था गम्भीर

काठमाडौं । काठमाडौंमा एक १९ वर्षीया युवतीलाई उनकै प्रेमीले मट्टितेल खन्याएर आगो लगाएका छन् ।   कागेश्वरी मनोहरा नगरपालिका–८ मा सोलुखुम्बु घर भएकी १९ वर्षीय पूजा कार्कीलाई दोलखाका सुरज श्रेष्ठले आगो लगाएको प्रहरीले जानकारी दिएको छ । प्रेमिकालाई आगो लगाएपछि युवकले आफूलाई पनि आगो लगाएको तर उनको भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । पूजा बुद्धचोकमा र सुरज जोरपाटीमा बस्दै आएका छन् ।   प्रेमीले आगो लगाएकी युवती गम्भीर

नेपालमा कोरोना संक्रमितको संख्या  २ लाख ७६ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।   मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयका जनाएको छ ।यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ रहेको छ ।   पछिल्लो २४ घण्टामा थप ७७ जना

रुकुम पूर्वमा बालीकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

रुकुम पूर्व । रुकुमपूर्वमा बालीकालाई बन्धक बनाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ परेका छन । जिल्लाकै १४ र १५ वर्षका दुई बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई करणी गर्ने रुकुम –पूर्वकै दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । पक्राउ पर्नेमा २३ वर्षका पुरुष र १४ वर्षका बालक रहेको जिल्ला प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको नाम खुलाइएको छैन । जिल्लामा पहिलो पटक यस्तो घटना

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा एक किशोरीको मृत्यु

धनगढी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।   मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । गम्भीर घाइते सपनाको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

आगामी जेठ ३० गते स्ववियु निर्वाचन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो ।   त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ । त्रिवि र नेविसङ्घ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये