समाज

सशस्त्रमा कमाण्डरहरुको भद्रगोल कार्यशैली, रोकिएन रासनमा अनियमितताको उजुरी

काठमाडौं । सशस्त्र प्रहरीका गण तथा गुल्महरुमा नयाँ टोलीका कमाण्डर गएपछि सुधारको अपेक्षा थियो । तर, त्यसविपरीत राशनमा हुने मनपरी र अधिक बिदा छाड्ने विकृती उस्तै छ । विभिन्न गण तथा गुल्मका इन्चार्जविरुद्ध अहिले उजुरी बढेको छ । कमाण्ड कमजोर रहेका उदयपुर स्थित ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुधिर सुबेदीले संगठनको नीतिबिपरित अत्यधिक बिदा छोडेर राशनमा अनियमितता गरेको उजुरी परेको छ । स्टाफ कलेज गरेको भनेर फुर्ति गर्ने

अस्थित्व गुम्ने खतरामा पाल्पाको रानीमहल

पाल्पा । पाल्पाको रानीघाट दरबार (रानीमहल)बारे थाहा नपाएका सायदै होलान् । कालीगण्डकी नदीको किनारमा रहेको सुन्दर रानीमहलको इतिहास पनि धेरैले पढेका छन् । नेपालको ‘ताजमहल’ समेत भन्ने गरिएको रानीमहल दरबारलाई प्रेमको प्रतीक समेत मान्ने गरिन्छ । कालीगण्डकी नदीको किनारमा उत्तरी मोहडामा बनाइएको ऐतिहासिक दरबारमा आकर्षक कलाकृति देख्न पाइन्छ । पाल्पा गौंडाका तैनाथवाला जनरल खड्ग शमशेरले दिवंगत रानी तेजकुमारीको सम्झनामा विसं १९४९ मा निर्माण सुरु गरेको यो दरबार १९५४ मा सम्पन्न

यस वर्षको “राधा क्यान्सर सचेतना पत्रकारिता पुरस्कार” वर्दियाकी समृद्धालाई 

काठमाडौं । स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा स्थापना गरिएको “राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार” यस वर्ष बर्दियाकी पत्रकार समृद्धा केसीलाई प्रदान गरिएको छ। राधा क्यान्सर सचेतना फाउन्डेसनले यस वर्ष परेका आवेदन मध्ये पत्रकार केसीलाई पुरस्कार दिने निर्णय गरेको थियो। पुरष्कृत पत्रकार केसी महिला स्वास्थ्य डटकममा कार्यरत पत्रकार हुन। पुरस्कार ९ गते आइतवार कावासोती सिमलघारीस्थित बस्याल निवासमा विश्व प्रेस काउन्सिलका महासचिव एवं प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष

राज्यमन्त्री विकद्धारा चारआली आयल निगमको निरिक्षण

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले पेट्रोलियम पदार्थको प्रयोग निम्न वर्ग देखि उच्च वर्ग सम्मकोले गर्ने भएकोले विभागका कर्मचारीलाई यसको अनुगमन तथा नियमन समय समयमा गर्नुपर्ने भन्दै निर्देशन दिनुभएको छ ।   आइतवार झापाको चारआली आयल निगमको निरिक्षण गर्ने क्रममा राज्यमन्त्री विकले उक्त निर्देशन दिनुभएको हो । ग्यास, मट्टीतेल, डिजेल र पेट्रोल हरेक वर्गले दैनिक रुपमा प्रयोग गर्ने भएकोले यसको अनुगमनमा तिव्रता दिनुपर्ने बताउनुभयो । भारतबाट सामाग्री

एक दर्जन कम्पनीले आइपीओ निष्कासन गर्दै

काठमाडौं । एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ वटा कम्पनीलाई बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको छ । दोस्रो बजारमा जोखिम लिन नचाहने लगानीकर्ता जोखिम कम हुने भएकोले कम्पनीले जारी गर्ने साधारण सेयर (आईपीओ) लगानी गर्ने गर्छन् । त्यसैले कुनै आईपीओ खुल्ने बित्तिकै मागभन्दा अत्याधिक बढी आवेदन पर्ने गर्छ । आईपीओमा प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गरिएको सेयर

चुनाव आउन ६८ दिन बाँकी, गृहसँग प्रहरी र सशस्त्र माग्यो १५ सय गाडी

काठमाडौं । चुनावी सुरक्षा निम्ति गृह मन्त्रालयले १६ अर्ब रुपैयाँको हाराहारीमा बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । म्यादी प्रहरी, सुरक्षा गाडी, सञ्चार सेट लगायतमा खर्च गर्ने योजनासहित उक्त रकम मागेको हो । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चुनावका निम्ति १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ती गर्ने योजना छ । जसका निम्ति ६ अर्ब रुपैयाँ खर्च रुपैयाँ अनुमानित लागत पेश गरेको छ ।बजेट व्यवस्थापन भए चाडै म्यादी

सरकार र ‘विप्लव’ को भित्र भित्रै वार्ताको तयारी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रुपमा नै वार्ता गरिरहेको स्रोतले जनाएको छ । यसबीच बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदानसमेत भइसकेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका तर्फबाट सोही समूहका

एसइई र १२ विद्यार्थीले प्रमाणपत्र प्राप्त गर्न डी ग्रेड ल्याउनुपर्ने

काठमाडौं । विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी भइरहेको छ । कक्षा ८, एसइई (कक्षा १०) र १२ मा बेन्चमार्क ३५ अंक अर्थात् ग्रेड डी प्राप्त गरेपछि मात्र मूल प्रमाणपत्र दिने गरी शिक्षा मन्त्रालयले नयाँ व्यवस्थाको तयारी गरेको हो । शिक्षामन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले निर्णय गरी मन्त्रालयमा पठाएको प्रतिवेदनका आधारमा यस्तो तयारी भएको हो । नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षरांकन पद्धतिसम्बन्धी अध्ययन

आमाको जन्मदिनमा हिमानी सँगै देखिए युवराज पारस

झापा । पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी शाह वर्षाैपछि सँगै देखिएका छन् । पूर्व रानी कोमल शाहको जन्मदिनको अवसरमा दुवै जना सँगै देखिएका हुन् । कोमलको जन्मदिन झापाको पाँचतारे होटल मेची क्राउनमा मनाइएको छ । जहाँ पारस समेत उपस्थित छन् । पारसले हिमानीसहितको संयुक्त तस्वीर राखेर फेसकुमा आमालाई जन्मदिनको शुभकामना दिएका छन् । सो फोटोमा उनले बुबा ज्ञानेन्द्र र छोरा हृदयेन्द्रसँग बसेर समेत छुट्टै फोटो खिचाएका छन् ।

दशरथ रंगशालामा नेपाल र अष्ट्रेलियाबीच मात्र खेल हुने

काठमाडौं (हाम्रो खेलकद अर्को महिना दशरथ रंगशालामा हुने भनिएको विश्व कप छनोटका दुई खेल मध्ये अब एक खेल मात्र हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) कोभिड १९ का कारण उत्पन्न परिस्थितिका कारण र आ आफ्ना देशका मापदण्डका कारण भ्रमण नगर्ने भएपछि नेपालले अब अर्को महिनाका लागि तय मध्ये अष्ट्रेलियाविरुद्धको खेल मात्र हुने भएको छ । नेपाल र अष्ट्रेलियाबीच चैत १७ गतेका लागि दशरथ रंगशालमा खेल हुनेछ । यसै