समाज

वाग्मती प्रदेशले प्रहरीलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउदै

काठमाडाैं । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र भएका नेपाल प्रहरीका विभिन्न एकाइलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रहरीका लागि १२ गाडी र २२ मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । बैठकले स्थानीय तहमार्फत कार्यक्रम कार्यान्वय गराउने तथा विभिन्न खालको योगदान दिने निर्णय गरेको छ । त्यस्तै सरकार स्थापनाको तीन वर्ष पुगेका

पेट्रोलियम पदार्थसंगै एलपी ग्यासमा मुल्य वृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । बुधबार राति १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । यसपटक खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ । निगमका अनुसार एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ

लोकतन्त्रको पक्षमा निर्णय नभए आँधीहुरी आउने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुन:स्थापनाका पक्षमा अदालतले फैसला नगरे आँधीहुरी आउने बताएका छन्। उनले अप्रत्यक्ष रूपमा सर्वोच्च अदालतमाथि दबाब बढाउँदै ‘ग्रिन रिभुलुसन’ हुने बताए। उनले भने, ‘तपाईंहरू ढिलो नगरी संविधान र लोकतन्त्रका पक्षमा निर्णय दिनुहुनेछ। जनताको आकांक्षा विपरीत केही काम गरियो भने राम्रो हुँदैन। यो बिद्रोहमा परिणत भयो भने के हुन्छ?’ यदि लोकतन्त्र (प्रतिनिधि सभा पुन:स्थापना)को पक्षमा निर्णय नभए आँधीहुरी आउने उनको चेतावनी

परीक्षा दिन हिडेका ईश्वर अझै भेटिएनन

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किएका थिए । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँडेका उनी क्याम्पस पुगेनन् । सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर फर्किएनन् । घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गरे । बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता

कर्मचारी सरुवामा नयाँ मापदण्ड, पायक पर्ने स्थानमा सरुवा हुन सक्ने

काठमाडौं । सरकारले कर्मचारीलाई पायक पर्ने स्थानमा सरुवा हुन सक्ने गरी नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । कर्मचारी समायोजनका क्रममा अपायक स्थानमा समायोजन भएका कर्मचारीलाई सहजीकरण गर्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन/मिलानसम्बन्धी मापदण्ड माघको दोस्रो सातादेखि कार्यान्वयनमा ल्याएको हो । मन्त्रालयले उक्त मापदण्ड कार्यान्वयनमा ल्याएसँगै मन्त्रालयमा अनलाइनमार्फत १५० जना कर्मचारीले समायोजन मिलानसम्बन्धी निवेदन दिएको मन्त्रालयले जनाएको छ । सरकारले दुई वर्षअघि ८२ हजार जना कर्मचारीलाई सङ्घ,

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई सरकारले नियुक्ति गरेको छ। कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक पद खाली रहेको थियो । लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेको भन्दै पुनः घिसिङलाई नै नियुक्ति गर्नुपर्ने भन्दै नागरिकले चर्को आवाज उठाइरहेका थिए। तर, सरकारले भने आम नागरिकको आवाजको बेवास्ता

नेकपा प्रचण्ड–माधव पक्षलको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले सचिवालय बैठक बोलाएको छ। बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्नेछ। बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा र भोलि काठमाडौंमा गरिने सभाका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित भएको छ। एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। उनी बिहान ११ः५० बजे आयोग पुगेका हुन्। उनीभन्दा पहिले ओली पक्षको नेकपाका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ आयोग पुगेका थिए। उनीहरू पुगेको एक घण्टापछि ओली आयोग पुगेका हुन्। प्रधानमन्त्री ओलीले निर्वाचन तयारीका सम्बन्धमा आयोगसँग छलफल गर्ने बताइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा निर्वाचन हुने जिल्ला टुंग्याएको भोलिपल्ट प्रधानमन्त्री ओली आयोग पुगेका हुन्।

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख १२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख १२ हजार २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ६६४ जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ७६ हजार ५६९ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५८ लाख ५

प्रहरीमा जुनियर अधिकृतहरूको वृत्ति विकासका लागि नयाँ मापदण्ड बनाउने तयारी

काठमाडौं । लामो समयदेखि बढुवा हुन नसकेका जुनियर अधिकृतहरूको वृत्ति विकासका लागि नेपाल प्रहरीले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । यसबारे छलफल सुरु गरिएको प्रहरीले जनाएको छ । नयाँ मापदण्ड बने इन्स्पेक्टर र असइका रिक्त पदमा ६० प्रतिशत बढुवामार्फत र ४० प्रतिशत पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ । अहिले ६० प्रतिशत खुला प्रतिस्पर्धाबाट र ४० प्रतिशत बढुवा प्रक्रियाबाट पदपूर्ति गर्ने व्यवस्था छ । समयमै वृत्ति विकास नहुँदा प्रहरीका जुनियर अधिकृत १७ वर्षदेखि एउटै