समाज

कारागार ड्यूटीमा रहेका प्रहरी हवल्दार मृत भेटीए

संखुवासभा । संखुवासभा जिल्ला कारागारमा रातको ड्यूटीमा रहेका नेपाल प्रहरीका प्रहरी हवल्दार मृत फेला परेका छन् । आइतबार राती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका हुन् । ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको प्रहरीले जनाएको छ ।४१ वर्षीय तामाङको घर इलाम रहेको बताइएको छ ।

धोती दिवस मनाउँदा माइतीघरबाट सीके राउतसहित कार्यकर्ता पक्राउ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन् । माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि प्रहरीले राउतसहित ५१ जनालाई नियन्त्रणमा लिएको हो । प्रदर्शन गर्न खोज्ने ४७ जना पुरुष र ४ जना महिलालाई माइतीघरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए । उनीहरु सबैलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ । सिके राउतसहित भेला भएकाहरूले टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ

नेपालगंजमा स्कारपिओले ठक्कर दिदा २ जनाको घटनास्थलमै मृत्यु

नेपालगंज: नेपालगन्ज कारकादो स्थित एसके पेट्रोल पम्म नजिक आइतबार राती स्कारपिओ दुर्घटना हुंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन । आइबार राती अन्दाजी १२ बजे नेपालगंज उपमहानगरपालिका- १८ एस के पेट्रोल पम्म नजिकै सु.प.प्र.०१-००१ च ३४६४ नम्बरको स्कारपिओ अनियन्त्रित भै पैदलयात्री लाई ठक्कर दिदा नेपालगंज-१३ बस्ने आस्था शाह र नाम नखुलेको एक पुरुषको घटना स्थलमै मृत्यु भएको बांके प्रहरीले जनाएको छ ।

बालकुमारी घटनामा पक्राउ परेका ७३ जना रिहा

काठमाडौं । ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई रिहा गरिएको छ । गएको शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए । उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले पक्राउ परेकाहरूलाइ मुद्दा नचलाउने गरि छाडिएको बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा

ललितपुरका सिडीओ,प्रहरी प्रमुख र ईपीएस शाखा  प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । दुई जना युवकको ज्यान जाने गरी  ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै  सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।  सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । शुक्रबार कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन नपाएका युवाले

रुपन्देहीमा ७ वर्षीया बालिकाको हत्या, एक जना पक्राउ

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त कार्यालयका अनुसार कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । उनको शव शनिबार मर्चवारी–१ इस्लामपुरमा फेला परेको हो । कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

बालकुमारी घटनामा दुईको मृत्यु,७३ जना पक्राउ

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा दुई जनाको मृत्यु भएको छ भने प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । स्थानीय प्रशासनका अनुसार घटनामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी ३ जना प्रदर्शनकारी रहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान

प्रहरीको गोली लागेर घाइते युवक शाहको पनि मृत्यु

काठमाडौं। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि बालकुमारीमा युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा थप एक युवकको मृत्यु भएको छ । प्रहरीले अश्रुग्यास, गोली र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये डोटीका २२ वर्षीय युवक वीरेन्द्र शाहको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।  यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

जीप दुर्घटनामा परी बाजुरामा सवारी धनीको मृत्यु

बाजुरा । बाजुराको गौमूल गाउँपालिका स्थित मालिवनमा बिहिवार राती जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  खप्तड छेडेदह गाउँपालिका–६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । उनका अनुसार जिपमा सवार जय मालिका यातायात

हर्क साम्पाङले कार्यकक्षमा राखे किराँती राजा यलम्बरको फोटो

विराटनगर । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले आज (बिहिवार) आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो टांगेका छन । उनले बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका हुन । मेयर साम्पङले बुधवार सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि (बिहिवार) म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन