समाज

प्रहरीका ४९ इन्सपेक्टरको डिएसपीमा बढुवाको तयारी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४९ इन्सपेक्टरको डिएसपीमा बढुवाको तयारी थालेको छ । एसपी बढुवा सिफारिसमा उजुरी गर्ने अवधि सकिन लागेपछि डिएसपीमा बढुवा गर्न लागिएको हो । डिएसपीका ४९ रिक्त पदमा एक सय भन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । जसमा धेरैजसो अघिल्लो बढुवामै छुटेकाहरु छन् ।लगत्तै इन्सपेक्टरमा समेत बढुवाको तयारी भइरहेको छ । सइबाट इन्सपेक्टर बढुवामा सबैभन्दा धेरै सोर्सफोर्स चल्ने गर्दछ । खासगरी नेताको पिएसओ बसेका सइहरुले यस्तो

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बाँडफाँड हुदै, सबै आवेदकले न्यूनतम कित्ता सेयर पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड आज हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ आज बिहान १० बजे बाँडफाँड गर्ने भएको हो । बैंकले कुल आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ । बाँकी सात करोड ५८

सावित्राको ह्याट्रिक संगै राष्ट्रिय महिला लिगमा एपिएफको चौथो जित

काठमाडौं । गोल मेसिन सावित्रा भण्डारी ‘साम्वा’ को ह्याट्रिक सहयोगमा नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा लगातार चौथो जित दर्ता गर्दा विभागीय नेपाल पुलिस क्लबमाथि सहज जित हात पारेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसमाथि ३–० को सहज जित निकालेको हो । खेलको पाँचौ मिनेटमा कप्तान अनिता बस्नेतले गोलरक्षक अघि बढेको अवस्थामा गरेको प्रहार पोस्टमाथिबाट थोरै आकासिदा एपिएफ अग्रता लिनबाट चुक्यो । १५औं मिनेटमा सावित्रा

नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता ३० देखी ४० प्रतिशत बढ्ने

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको राशनभत्ता करिब ४० प्रतिशतसम्म बढ्ने भएको छ । दुवै निकायमा विगत पाँच वर्षदेखि भत्ता बढ्न सकेको छैन । दुवै प्रहरीले रासन भत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । तर, सिफारिस भन्दा केही कम बढाउन अर्थ मन्त्रालय तयार देखिएको छ । रासनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्ययक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ

आजबाट स्वस्थानी व्रत सुरु, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध नष्ट हुने विश्वास

काठमाडौं । शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रत अवधिभर भगवान् शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा व्रतकथा र माघ स्‍नानको प्रचलन रहेको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव-पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ

कोभिड-१९ खोप ९ हजार ८४ जनाले लगाए, कसैलाई पनी समस्या देखिएन

काठमाडौं । कोभिड-१९ खोप अभियान अन्तर्गत बुधबार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् । ६४ जिल्लाका ९३ केन्द्रबाट खोप वितरण गरिएकोमा  वाग्मती प्रदेशबाट सबैभन्दा धेरै दुई हजार ६ सय ९४ जनाले खोप लिएका हुन् । त्यस्तै प्रदेश १ बाट एक हजार दुई सय ५५, २ बाट सात सय २६, गण्डकीबाट एक हजार आठ सय ४३ लुम्बिनीबाट सात सय ३३, कर्णालीबाट सात सय  ५१ र सूदूरपश्चिमबाट एक हजार

कक्षा १२ को नतिजा आउदो आइतवारसम्म आउने

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा निर्धारित मितिमा सार्वजनिक गर्न सकेन । नतिजा आउन अझै केही दिन लाग्न सक्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । परीक्षार्थीको डाटा रुजुमा थप समय लागेकाले ढिलाई भएको अर्याल बताउँछन् । उनी भन्छन्, ‘आगामी आइतबारसम्म नतिजा सार्वजनिक गर्छौं ।’ परीक्षा बोर्डले यसअघि १० माघभित्र नतिजा सार्वजनिक गर्ने जनाएको थियो ।नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा स्थगित भएको कक्षा १२

कोभिड–१९ विरुद्धको पहिलो खोप टेकु अस्पतालका डा. भण्डारी र बास्तोलाले लगाए

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनीहरुले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । यस अस्पतालमा आज ४०० जनालाई खोप लगाइने जनाइएको छ । नेपालमा आजदेखि कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । अग्रपंतिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलगायतलाई पहिलो चरणमा खोप लगाइँदै छ ।

निर्वाचन कार्यतालिका र आचारसंहिता जारी गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका र आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरेको छ । आयोग स्रोतका अनुसार सम्भवतः आजै कार्यतालिका सार्वजनिक हुनेछ । निर्वाचन कार्यतालिका र आचारसंहिता जारी हुने वित्तिकै नेकपाको चुनाव चिन्ह ‘सूर्य’ प्राविधिक रुपमा फ्रिज हुनसक्नेछ । नेकपा विभाजन कानूनीरुपमा टुंगिएको छैन । दुबै पक्षले आफ्नै समूह आधकारिक भन्दै राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार जवाफ पठाएपछि आयोगले दुबै पक्ष अलग–अलग दल रहेको मान्न नसकिने स्पष्ट

जुम्लाको गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट

कर्णाली । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी दिए । सूचना अधिकारी चौधरीका अनुसार घरसँगै २० देखि २५ पशुचौपायाको जलेर मृत्यु भएको छ