समाज

हुम्लामा हिमपात वढ्यो, जनजीवन कष्टकर हुदै

हुम्ला । हुम्लामा आइतबार अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । जिल्लामा पहिलो पटक मङ्सिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ । जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो

विद्यालय लगायत सबै क्षेत्रहरु खुला गर्ने सरकारको निर्णय

कोभीड महामारीका कारण २०७६ चैतदेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् ।आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक

चन्द्रागिरीमा आन्तरिक पर्यटकको वढ्दै, कम्पनीले २४ गतेबाट आईपीओ खोल्ने

काठमाडौं । काेराेना भाइरसका कारण थलिएका नेपालका पर्यटकीय क्षेत्रहरु विस्तारै चलमल गर्दै छन ।सरकारले पछिल्लो समय लगाएका केही प्रतिबन्धहरु खुला गरे सँगै पर्यटन क्षेत्रमा चहलपहल सुरु हुन थालेको छ।यस्तै राजधानी काठमाडौमा रहेको चर्चित पर्यटकिय नयाँ गन्तव्य चन्द्रागिरीमा रहेको केबलकार पनि विस्तारै चहलपहल बढ्दै छ ।     धार्मिक र ऐतिहासिक दुई कुरा जोडिएको काठमाडौंको चन्द्रागिरि डाँडोमा केबलकार चढेर उक्लने आन्तरिक पर्यटककाे संख्या बढन थालेको छ ।अघिल्लो साता बाट पर्यटकाे आगमनमा

नेकपा विभाजनको असर सुदुरपश्चिममा पनी, ३९ मध्य ३० सांसद प्रचण्ड-नेपाल पक्षमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादपछि सुदुरपश्चिम प्रदेशमा समेत प्रदेश सांसदहरु दुई खेमामा विभाजित बनेका छन् । सो प्रदेशमा रहेका ३९ जना नेकपाका प्रदेश सभा सदस्यमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहमा ३० जना उभिएका छन् ।   नेकपाका दुई प्रदेश सांसद भने सभामुख र उपसभामुख छन । यस्तै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोरा कतै खुलिसकेका छैनन् ।   बाँकी ६ जना सांसद मात्रै प्रधानमन्त्री केपी शर्मा

नेपालमा कोरोमा संक्रमितको संख्या २ लाख ६१ हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८०० जनाको पीसीआर गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ४८७

कांग्रेसले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम

काठमाण्डौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।   केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्नेछ । त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा १० जना नक्कली परीक्षार्थी  पक्राउ

काठमाण्डौं । सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको खुला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थी  पक्राउ परेका छन् । शनिबारको परीक्षामा विभिन्न जिल्लामा नक्कली परीक्षार्थी पक्राउ परेका  हुन् । साधारण समूहको उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेट्रिक डिभाइस’ प्रयोग गरी परीक्षार्थीहरूको यकिन गर्ने क्रममा नेपालभरका विभिन्न परीक्षा केन्द्रहरूबाट १० जना नक्कली परीक्षार्थी फेला पारेका हुन् ।

वर्दियामा मोटरसाइकल सवार महिलालाई बाघले झम्टिएर लग्यो

काठमाडौं । बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टिएर लगेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको बताइएको छ ।   विस्तारै चलेको मोटरसाइकलमा छोरासँगै बसेकी ५२ वर्षकी नन्दकला थापालाई बाघले झम्टिएर लगेको थियो । सूपप्र १००८ प ६८०१ नम्बरको मोटरसाइकलमा नन्दकला छोरासँगै घर जाँदै गर्दा कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख नाघ्यो

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ हजार ९२१ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण १८ लाख ८ हजार ४१ जनाको मृत्यु भइसकेको छ ।   पछिल्लो २४ घण्टामा ४ लाख ७० हजार ४६ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ८ करोड १९ लाख ४७ हजार ५०३ जनामा संक्रण भइसकेको छ ।

सरकारी जग्गा कीर्ते अभियोगका नेकपा नेता पुरी साधारण तारेखमा रिहा

काठमाण्डौं । विशेष अदालतको ‘निर्देशनात्मक आदेश’ पछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा नेता रेवतराज पुरी ‘गगन’लाई तारेखमा रिहा गरेको छ।३९ दिनयता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दमकका नेकपा नेता पुरी शुक्रबार तारेखमा छुटेका हुन्। पुरीलाई नियमित हाजिर हुने गरी रिहा गरिएको विभाग स्रोतले जनायो।   सरकारी जग्गा कीर्ते गरी हत्याएको अभियोगमा उनलाई विभागले पक्राउ गरेको थियो। तर, विशेष अदालतले उनलाई थुनामा राख्ने अनुमति नदिएपछि विभागले शुक्रबार रिहा गरेको हो।पुरीलाई