समाज

विश्वमा कोरोना संक्रमण वाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो

काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख ३० हजार नाघेको छ । विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ११ हजार ४६४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड २१ लाख ९६

बढ्ने भयो सुरक्षाकर्मीको राशनभत्ता

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता बढाउने तयारी गरेको छ । सुरक्षाकर्मीको राशनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा समिति गठन गरेको छ । जसमा अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा राशनभत्ताबारे अध्ययन गर्न र सुझाव दिन मन्त्रालयले समिति गठन गरेको हो । समितिले अध्ययनको काम गरिरहेको सहसचिव गौतमले बताए । नेपाल प्रहरी र

दुई किलो ७०० ग्राम अफिम सहित सुर्खेतमा एकजना पक्राउ

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारीलाई पक्राउ गरेको छ । प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले कुसारीलाई हिजो पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । “विशेष सूचनाका आधारमा त्यहाँ पुगेको टोलीले उनलाई

अध्यादेश बदरको माग गर्दै सर्वोच्च रिट

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी सरकारले मंगलबार जारी गरेको अध्यादेश अमान्य र बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी भएको संवैधानिक परिषदसम्वन्धी अध्यादेश तत्काल रोक्न अन्तरिम आदेशकाे माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन पेश गरेका हुन्। निवेदन पेश भएको र सर्वोच्चले अध्ययन गरिरहेकाले हाल रिट दर्ताको प्रक्रियामा रहेको अधिवक्ता अर्यालले बताए । राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा दैलेखमा बाबु पक्राउ ।

दैलेख । आफ्नै १४ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा दैलेखमा ३८ बर्षका बुबा पक्राउ परेका छन् । बलात्कार गर्ने बुबाको नाम गोप्य राखेर घटनाको बारेमा दैलेख प्रहरीले सूचना सार्वजनिक गरेकाे छ ।   गएको शुक्रबार मध्य दिउँसो उनले छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । ललाई फकाई जबरजस्ती बलात्कार गरेकाे छोरीले अरुलाई सुनाएपछि घटना बाहिर आउको हो । त्यपछि बलात्कार गरेका आरोपमा ती युवक पक्राउ परेका छन् ।   प्रहरीले

त्रिभुवन विश्वविद्यालयको कक्षा र परीक्षा बहिष्कार गर्ने  आंशिक प्राध्यापकहरूको घोषणा ।

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले विश्वविद्यालयको कक्षा र परीक्षा बहिष्कार गर्ने भएका छन् । स्थायी प्राध्यापकहरू सरह ज्याला पाउनुपर्ने माग गर्दै उनीहरुले कक्षा बहिष्कार गर्ने र परीक्षामा सहभागी नहुने बताएका हुन् । त्रिवि आंशिक प्राध्यापक सङ्घ केन्द्रीय कमिटीले सहअध्यक्ष राजन ढुंगानाले अब देशभरका आंशिक प्राध्यापकले उपकुलपति कार्यालयमा केन्द्रित भएर आन्दोलन गर्ने पनि चेतावनी दिए । समान काम गर्ने विश्वविद्यालयका अन्य प्राध्यापक सरहका सेवा सुविधा पाउनुपर्ने, प्राज्ञिक उन्नयनको अवसर पाउनुपर्ने, पेसागत स्थायित्व

रुसमा कोभिड विरुद्धको खोप लगाउनेको संख्या  १ लाख नाघ्यो।

(एजेन्सी) । रुसमा एक लाखभन्दा बढी नागरिकले रुसमै विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामै कोभिड–१९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ । रुसका स्वास्थ्यमन्त्री

रोल्पामा ६ किलो चरेस सहित एक जना पक्राऊ ।

रोल्पा । रोल्पामा प्रहरीले ६ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सुनछहरी गाउँपालिका- ६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर पक्राउ परेको प्रहरीले जनाएको छ। मगरले आलुको बोरोभित्र लुकाएर चरेस लगेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण तङनामीको कमाण्डमा खटिएको प्रहरीले मगरलाई मंगलबार पक्राउ गरेको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार मगर सवार रा १ ह

कञ्चनपुरमा गाडी दुर्घटना, बेहुलीसहित १३ जना घाइते।

धनगढी १८ मंसिर । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् । बेहुलाको

उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुदै ।

काठमाण्डौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको