अध्यादेश बदरको माग गर्दै सर्वोच्च रिट
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी सरकारले मंगलबार जारी गरेको अध्यादेश अमान्य र बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी भएको संवैधानिक परिषदसम्वन्धी अध्यादेश तत्काल रोक्न अन्तरिम आदेशकाे माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन पेश गरेका हुन्। निवेदन पेश भएको र सर्वोच्चले अध्ययन गरिरहेकाले हाल रिट दर्ताको प्रक्रियामा रहेको अधिवक्ता अर्यालले बताए । राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज