समाज

राहत बोकेको ट्याक्टर रुकुम पश्चिममा दुर्घटना: ५ को मृत्यु,९ जना घाईते

रुकुम पश्चिम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ भने ९ जना घाइते भएका छन । बुधवार राती रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा घुम्ती मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताईएको छ ।  बुधबार राति करिब सवा दश बजे भूकम्प पीडितहरुको अस्थायी टहरा निर्माणको लागि जस्तापाता र केहि राहतका सामान बोकेर आठबीसकोट नगरपालिका ९ राडिबाट वडानम्वर ८ को घर्तीगाउँतर्फ जाँदै

माधव दम्पतीले गरे विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

बांके: माधव दम्पतीले बाँकेको राप्तीसोनारी गाउँपालिका–१ बाघखोरस्थित ज्ञानपूर्णोदय प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । मंसिर २९ गते विवाह बन्धनमा बाँधिएका स्थानीय माधव रावत र कोमल खड्काले मंगलवार २० हजार बढी मूल्य बराबरको शैक्षिक सामाग्री विद्यार्थीलाई सहयोग गरेको विद्यालयका प्रधानाध्यापक भरत खड्काले जानकारी दिए । नेपाल प्रहरीमा कार्यरत माधव सोही विद्यालयका पूर्व विद्यार्थी हुन् भने कोमल पूर्व शिक्षिका हुन् । उनीहरुले विद्यार्थीहरुलाई कापि, कलम र पेन्सील सहयोग गरेको प्रधानाध्यापक

बारामा बस र ट्रक ठोक्किंदा चालकसहित ३ को मृत्यु, २७ जना घाइते

बारा । बारामा आज बुधवार बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। काकड्भिट्टाबाट काठमाडौँ जादै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बुधबार बिहान २ बजे बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस

शुभकलाको हट्यो चिसो भुइँमा सुत्नुपर्ने बाध्यता, पाइन् बेड बिस्तारा

नेपालगन्ज : साघुँरो कोठा । भुईमा त्रिपाल विछाएर त्यसमाथि तन्नाको विस्तारा । पुरानो कम्बलको न्यानो कति पुग्यो होला ? बाँके खजुरा गाउँपालिका वडा नम्बर ४ बस्ने सुभकला कुमाल छोरा छोरी सहित भुईमा सुत्नपरेको भिडियो खबरगन्जले प्रशारण गरेपछि अमेरिका बस्ने लिल बहादुर थापाले सहयोग पठाएका छन । भिडियो राखेको एक घण्टा नहुदैं लिल बहादुरले सुभकलाको परिवारमा तत्काल राहत उपलव्ध गराउन खबरगन्जका संचालक पत्रकार खगेन्द्र दाहाल मार्फत रकम पठाए । दाहालले मंगलबार सुभकलाको

रुपन्देहीबाट हतियारसहित दुई जना पक्राउ

रुपन्देही । रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेश नगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दीपक परियार र कर्ण बहादुर परियारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दान बहादुर थापाले जानकारी दिए। उनीहरूको साथबाट भरुवा बन्दुक नाल २ थान, धातुको गोली, छर्रा ३२ पिस, फलामको काटिएको स/साना छर्रा ११० पिस, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, फलामको

डीआईजी र एसपी सरुवाको तयारी

काठमाडौं । गृह मन्त्रालयले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हेरफेरको तयारी गरेको छ । हाल प्रदेशमा कार्यरत प्रहरी प्रमुखको अवधि एक वर्ष पुगेकाले नयाँलाई पठाउन लागिएको हो । हाल कोशीमा डीआईजी राजेश बाँस्तोला, मधेसमा जनक भट्टराई, बागमतीमा किरण राणा, गण्डकीमा बुद्धी गुरुङ, लुम्बिनीमा उमेशराज जोशी, कर्णालीमा भिम ढकाल तथा सुदुरपश्चिममा भरत बोहरा कार्यरत छन् । उनीहरुको ठाउमा नयांलाई पठाउने तयारी छ । डिआइजीहरू कुबेर कडायत, विष्णु केसी, यज्ञबिनोद पोखरेल, लालमणि आचार्य,विकासराज

पूर्वराजा शाह दम्पती पश्चिम र मध्य क्षेत्रको भ्रमणमा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पश्चिम नेपालको भ्रमणमा जाँदैछन् । पश्चिम र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका लागि शाह दम्पती आगामी हप्ता भैरवा जाने उनको संवाद सचिव डा.फणिराज पाठकले जानकारी दिए ।

ट्याक्टर खोलामा खस्दा बाजुरामा चार जनाको मृत्यु

काठमाडौं । बाजुरामा ट्याक्टर दुर्घटना हुंदा चार जनाको मृत्यु भएको छ । आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुलमा दुईवटा ट्याक्टर एकआपसमा ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार एउटा ट्याक्टरले अर्को ट्याक्टरलाई ओभरटेक गर्नेक्रममा एउटा खोलामा खसेको छ भने अर्को भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । सु.प्र.प. ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ

मोटरसाइकल रुखमा ठोकिएर एक जनाको मृत्यु

बाँके: बाँकेको राप्तीसोनारीमा शनिबार राती मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराति बाँकेको राप्ती सोनारी गाउँपालिका- ७ कचनापुर चोक नजिक भे १० प ३६१७ नम्बरको मोटरसाइकल रुखमा ठोकिएर कोहलपुर नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय अनीलकुमार थारुको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी थारुको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । 

घट्यो पेट्रोल-डिजेलको मुल्य,शनिवार बिहानवाट लागु हुने

काठमाडौं :सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटाएको हो। निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा तीन/तीन रूपैयाँ घटाएको जानकारी दिएको हो। निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मुल्य घटाएको छ ।