समाज

रुकुम सोती घटनाकाे अनुसन्धान अन्तिम चरणमा ,थप तीन पक्राउ

गएको जेठ १० गते शबिवार रुकुमको चाैरजहारी ८ साेतीमा ६ जनाको ज्यान जाने गरि भएको घटनामा संलग्न भएको आराेपमा प्रहरीले थप तीन जना पक्राउ गरेको छ । अनुसन्धानकाे क्रममा फरार रहेका घमण्ड मल्ल-,बिष्णु मल्ल र सर्वजित भन्ने सबिन पुनलाई जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले पक्राउ गरेको हाे । याे सँगै उक्त घटनामा संलग्नकाे आराेपमा पक्राउ पर्नेकाे संख्या २८ पुगेको छ । प्रहरीले साे घटनाको अनुसन्धान प्रकृया पनि अन्तिम चरणमा पुगेको

क्वारेन्टाइनका लागि ३९ जना लिएर हिडेको टिपर कर्णालीमा खस्दा गर्भवती सहित दुइ जनाको मृत्यु

कालिकोट जिल्लाको रासकोट नगरपालिकाको क्वारेन्टाइनका लागि ३९ जना यात्रु लिएर गएको टिपर कर्णाली नदीमा खसेको छ।  नरहरिनाथ गाउँपालिकाकाे लालिघाटमा टिपर कर्णालीमा खसेको हो। भारतबाट आएका रासकोटवासीलाई टिपरले जीते भन्ने ठाउँबाट नगरपालिका ल्याउँदै थियो।  घटनास्थलमा पुगेका प्रहरी र स्थानियले उद्धार जारी राखेका छन्। अहिलेसम्म २ जनाको शब निकालिएको छ। उनीहरुको सनाखत गरिएको छ। मृतक २ जना बर्ष २३ की शर्मिला सार्की र बर्ष २१ की ठुम्की सार्की रहेका छन्। मृतक मध्ये एक जना

गाई फार्ममा आगलागी हुंदा दुई बाच्छासहित चार गाई जलेर मरे

भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गएराति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् । फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए । आगलागीपछि महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रनानि नवराज खरेल समेतको प्रहरी टोली, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा बुधबार

४ वर्षीया वालिका सहित पहिरोमा पुरिएर दुईजनाको मृत्यु

म्याग्दी म्याग्दीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । रघुंगगा गाउँपालिका–६ कोटगाउँ बस्‍ने ५० वर्षीया माया शेरपुञ्जा र सोही ठाउँ बस्‍ने रोशनी शेरपुञ्जाकी छोरी ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोमा परेर मृत्यु भएको हो । जस्ताको छानो भएको माया शेरापुञ्जीको कच्ची गोठमा सुतिरहेको अवस्थामा वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो आई गोठ पुरिन जाँदा पुरिएर उनीहरुको मृत्यु भएको हो । स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा दुवै जनाको शव घटनास्थलमा पुरिएको अवस्थामा

ललितपुर र धनुषामा २ युवकको हत्या

काठमाण्डौ धनुषा र ललितपुरमा दुई युवाकाे हत्या भएको छ । धनुषामा गएराति एक जना युवकको हत्या भएको हाे । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो ।प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए अनुसार घटना सबैला नगरपालिका–७ को हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । यस्तै ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक

रुकुम सोती घटनामा सांसद देवेन्द्र पौडेलको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन

रुकुम कमल वि.क. रुकुम पश्चिमको चौरजहारी – ८ स्थित सोतीमा जेठ १० गते शनिवार ६ जना व्यक्तिको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ। सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सांसद देवेन्द्र पौडेलको संयोजकत्वजमा नौ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाली स्नेही, विमला विक, महेश्वर जंग गहतराज, मीन विश्वकर्मा, राम राहायप्रसाद यादव रहेका छन्।समितिले ३० दिनभित्र घटनाको सत्यतथ्य

सोमवारदेखि तीनदिन नेपालगन्जमा विद्युत अनियमित हुने

नेपालगंज मर्मत सम्भारको काम गर्नुपर्ने भए पछि नेपालगन्जमा सोमबारदेखि तीनदिन विद्युत सेवा अनियमित हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्र अन्र्तगतको सबस्टेशनमा रहेको ११ केभि ब्रेकरहरुको नियमित मर्मत संभार गर्नुपर्ने भएकाले नेपालगंजको बजार क्षेत्र, फुल्टेक्रा, रांझा, सदरलाइन, खजुरा लगायत बिभिन्न क्षेत्रमा विद्युत अनियमित हुन लागेको हो ।

सुदुरपश्चिममा भारतवाट  चौध दिनमा २५ हजार नेपाली भित्रिए

महेन्द्रनगर पश्चिम सुदुरपश्चिमको सीमानाका गड्डाचौकीबाट दुई साताको अवधिमा झण्डै २५ हजार नेपाली भित्रिएका छन् । स्थानीय प्रशासनले जेठ १२ गतेबाट गड्डाचौकी सीमानाकामा प्रवेश खुला गरेपछि सोमबारसम्म २४ हजार ७६७ जना स्वदेश भित्रिएका हुन् । छिमेकी मुलुक भारतबाट कोरोना भाइरसको त्रासका कारण घर फर्किने नेपाली लुकिछिपी जथाभावी भित्रिन थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जेठ १२ गगे गड्डाचौकीबाट प्रवेश खुला गरेको थियो । विभिन्न सीमा नाकाबाट नेपालीहरू भित्रिँदा कोरोना जोखिम बढेको भन्दै

थप २१३ संक्रमित थपिएसंगै, संक्रमितको संख्या तीन हजार ४४८ पुग्यो

काठमाडौं नेपालमा आइतबार २१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २ सय १३ जना संक्रमित थपिएका हुन्। जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ४४८ पुगेको छ । जसमा पुरुषहरु तीन हजार २१२ र २३६ जना रहेका छन् । देशभरका ७७ जिल्लामध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको

कोरोनाले थप दुईजनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

काठमाडौं  शनिबार कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । डोल्पाका एकजना ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पामा गत जेठ २१ गते राति २ बजेतिर एकजनाको मृत्यु भएको छ । ५८ वर्षीय पुरुष १६ गते सुर्खेतबाट गएर १८ गतेदेखि क्वारेन्टिनमा थिए । उनी दमको रोगी भनेर जानकारी प्राप्त भएको देवकोटाले जानकारी