सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु
गुल्मी : सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले यसबारे जानकारी दिनुभयो । उहाँका अनुसार, मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । आज दिउँसो साढे १ बजेको समयमा आमाछोरा घरको छतमा बसेर