समाज

रुकुम पूर्वमा ४.३ रेक्टरको भूकम्प

काठमाडौं । रुकुम पूर्वको ताका आसपास केन्द्रबिन्दु भई ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ। आज आइतबार दिउँसो २ बजेर ५९ मिनेटको समयमा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटक-पटक परकम्प गइरहेको छ।

सूर्यको पूजा आराधना गरी छठ मनाइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन्।छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । राजधानीका गौरीघाट, कमलपोखरी,

काजविहीन वरिष्ट सईको भरमा बाँके प्रहरी

नेपालगंज । जिल्ला प्रहरी कार्यालय बाँकेमा काजविहीन वरिष्ट सईले राज गरेकै कारण कहीँ नभएको जात्रा बाँके प्रहरीमा फेला परेको छ । एउटा काजविहीन प्रहरी अधिकृतले गर्दै आएको गलत कदमको साक्षी जिल्ला प्रहरी कार्यालय बाँके बनेको हो । कालिकोटको कुमालगाउ दरबन्दी भई गृहजिल्लाको जिल्ला प्रहरी कार्यालय बाँकेमा करिब ५/६ वर्षदेखी काजसमेत नलिएर रजगज चलाउँदै आएका प्रहरी वरिष्ठ नायब निरीक्षक माधव रिजालका कारण बाँकेको प्रहरी कमाण्ड सम्हाल्ने एसपी हुनकि प्रहरी बरिष्ट नायब निरीक्षक

प्युठानमा आमा-छोरा मृत भेटिए

रुपन्देही । प्युठानमा एक दिनको फरकमा आमा छोरा मृत भेटिएका छन् । तिहार सकिएलगत्तै २२ वर्षीय एक महिला र उनका तीनवर्षे छोरा एक दिनको फरकमा मृत फेला परेका हुन् । प्यठानको नौबहिनी गाउँपालिका–३ खवांग काइयाकी २२ वर्षीया रिमा बुढामगर शुक्रवार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । त्यसको भोलिपल्ट शनिबार उनका तीन वर्षीय छोरा मुस्कान मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बाहानेका प्रमुख कृष्ण राना मगरले जानकारी दिए । आमासँगै

जाजरकोटमा चिसोले तीन जनाको ज्यान गयो

जाजरकोट । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए

बैतडी जीप दुर्घटना: एकको मृत्यु,पाँच जना घाइते

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बैतडीको दोगडाकेदार–३ घोडेधारमा आज (शनिबार) बिहान दुर्घटनामा परेको से१ज ६०३ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीमा बस दुर्घटना हुदा २० जना घाइते

काठमाडौं । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा बस दुर्घटना हुदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट दाङ जाँदै गरेको बा.प्र.०३-००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३/४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

बर्दिया हत्या प्रकरणमा आठ जना पक्राउ, तीन जनाको खोजी

काठमाडौं । बर्दियामा एक युवकको हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका–६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न ८ जना पक्राउ परेको र फरार रहेका ३ जनाको खोजी भइरहेको बर्दियाका एसपी सुधिरराज शाहीले जानकारी दिए । उनका अनुसार अनुसन्धान भइरहेकाले पक्राउ पर्नेहरुको नाम भने

सिन्धुली कारागारमा ३० वर्षीय विमलको मृत्यु

काठमाडौं । जिल्ला कारागार सिन्धुलीमा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका ३० वर्षीय विमल मगर रहेका छन् । बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । उनको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा

न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा

मोहम्मद शामीको घातक बलिङ र दुई शतकको सहयोगमा भारतले आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले २०११ पछी पहिलो पटक फाइनलमा स्थान बनाएको हो । जितको लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४