लुटपाटमा संलग्न असई सहित ५ जना जेल चलान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहित ५ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । डाँका चोरी मुद्दामा पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ठमेलबाट युवती लगेर लुटपाट गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका २५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका १९ का २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी पक्राउ