खाद्यद्धारा च्यांग्रा र खसीबोकाको मूल्य निर्धारण
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्यांग्राको मूल्य निर्धारण गरेको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६८० कायम गरेको छ भने च्यांग्राको मूल्य प्रतिकेजी एक हजार २६० रुपैयाँ निर्धारण गरेको छ । यो मूल्यमा १० रुपैयाँ छुट दिने निर्णय भएको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा