समाज

सशस्त्रले दशैं तिहारमा निःशुल्क २ वटा बस सञ्चालन गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ ।  चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ,

दशैमा घर जाने यात्रुमा उत्साह,बसपार्कमा बिहानैदेखी लाइन

काठमाडौँ । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो । टिकट बुकिङ खुला भएसँगै नयाँ बसपार्कस्थित टिकट काउन्टरमा लामो लाइन देखिएको छ । दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ

दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ आज सोमबारदेखि खुल्ला हुँदैछ । दशै सुरु हुन एक साता बाँकी हुँदा लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला भएको हो । यसवर्ष दशैंमा भाडा बृद्धि नहुने भएको छ । भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन् । काठमाडौं उपत्यकाबाट दशैंको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ । यात्रुलाई

चाडपर्व नजिकिए संगै बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

नेपालगञ्ज । नेपालगञ्ज बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरेका हुन । सहायता कक्षको उद्घाटनमा ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, गलत क्रियाकलाप तथा प्रतिक्रियाहरु हुन नदिनका लागि सहायता कक्ष स्थापना गरिएको बताए । कार्यक्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक

तुइनको डोरी चुडिँदा ३८ वर्षीय मक्करसिंह कर्णाली नदीमा खसे

हुम्ला । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने

प्रधानसेनापति शर्मा आज बेलायत जाँदै

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज आइतबार बेलायत जाँदै छन् । उनी बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको औपचारिक निमन्त्रणामा बेलायत जान लागेका हुन् । ६ दिने भ्रमणका अवसरमा प्रधानसेनापति शर्माले त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्याण्डहर्स्टको भ्रमण गन कार्यक्रम रहेको छ । ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि सहभागी हुँदै आएका छन् ।

इरानको जेलमा रहेकी ५१ वर्षीया नरगिसलाई २०२३ को ‘नोबेल शान्ति पुरस्कार’

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकारको प्रवर्द्धनमा लागेको भन्दै एकेडेमीले नरगिसलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो । नरगिसलाई इरान सरकारले जेलमा राखेको छ । उनलाई तेहरानस्थित कुख्यात इभिन कारागारमा राखिएको छ ।

सेनाको ट्रकले ठक्कर दिँदा भद्रकालीमा स्कुटर चालकको मृत्यु

काठमाडौं । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा भद्रकालीमा स्कुटर चालकको मृत्यु भएको छ । भद्रकाली नजिक सभागृह मोडमा सेनाको प्र ३–०१–००१ ग ३६०५ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा काठमाडौं चाहाचल बस्ने ३२ वर्षीयाा चालक आकृति शर्माको मृत्यु भएको हो । बा प्र–०२–०१८ प ९२७७ नम्बरको स्कुटर ट्रकसँग ठोक्किँदा घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथले जनाएको छ ।

सगरमाथा र लालीगुरासँ अंकित २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा ल्याउन लागेको हो । राष्ट्र बैंकले सूचना जारी गर्दै नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको जनाएको छ । यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको

गोली लागेर घाइते भएकी असई पत्नी चौधीरीको मृत्यु

काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजी ध्रुवबहादुर प्रधानका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) असई लक्ष्मण चौधरीको श्रीमती शर्मिला चौधरीको मृत्यु भएको छ । गोली लागेर घाइते अवस्थामा भेटिएका शर्मिलाको उपचारका क्रममा प्रहरी अस्पतालमा मृत्यु भएको हो । शर्मिला यही असोज १० गते काठमाडौं महानगरपालिका–४ पञ्चकन्यास्थित डेरामा कोखामा गोली लागेको अवस्थामा भेटिएकी थिइन् । प्रहरी बृत्त महाराजगञ्जको टोलीले उद्धार गरेर उनलाई उपचारका लागि प्रहरी अस्पताल पुर्याएको थियो । शर्मिलालाई गोली लागेको समयमा