समाज

नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

कैलाली । नक्कली प्रमाणपत्र पेश गरी जागीर खाएको भन्दै कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । भजनी नगरपालिका–४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत शिक्षक मथुरा चौधरीमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शिक्षक चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन

स्थानीय प्रशासनले लगायो धनगढीमा निषेधाज्ञा

धनगढी । धनगढी उपमहानगरपालिका-५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले उक्त क्षेत्रमा निषेधाज्ञा लगाएको हो । बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चाँदनी साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीय वासिन्दा र पद्मोदय माध्यमिक विद्यालय हसनपुरका विद्यार्थीले दिनभर प्रदर्शन गरेका थिए ।

धमाधम मतदानको तयारी हुंदै

बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ । यहाँका दुई सय ३१ वटै मतदान केन्द्रमा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा शुक्रबार नै सर्वदलीय बैठक सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले शनिबार ‘बुथ’ निर्माणको काम हुने बताए । ‘निर्वाचन सामग्रीसहित, कर्मचारी, सुरक्षाकर्मी बिहीबार नै मतदान केन्द्रमा पुगिसक्नुभएको छ, अहिले मतदानकेन्द्र केन्द्रित तयारी चलिहरेको छ’, उनले भने ।

सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा रहेका उनले भने, ‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला ।’ उनले गत वैशाखमा पनि एकैदिन देशैभरि एकैचरणमा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराएको प्रसङ्ग उल्लेख गर्दै भने, ‘पहिले पहिले

मदिरा बिक्री वितरण,आसारपसार र सेवनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए । ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उक्त सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी

आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन : आयुक्त जबरा

काठमाडौं । निर्वाचन आयुक्त सगुन शम्शेर जबराले संसदीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायतको हातोमालो आवश्यक भएको बताएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा जनकपुरधाममा आयोजित ‘प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन, २०७९ स् निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुक्त जबराले निर्वाचन आयोगको एक्लो प्रयासबाट मात्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न हुन नसक्ने भएकाले यसमा

प्रहरीमा एआइजीका तीन पद रिक्त

काठमाडौं । नेपाल प्रहरीका एआइजी अरुण बिसीले बुधबारदेखि अवकाश पाएका छन् । उनको अवकाससँगै प्रहरीमा एआइजीका तीन पद रिक्त भएका छन् । यसअघि विश्वराज पोखरेल र मुकुन्दराज आचार्यले अवकाश पाएकोमा ती पद रिक्त छन् । रिक्त पदमा तत्काल बढुवाको सम्भावना नभएको गृह मन्त्रालय बताउँछ । चुनावपछि मात्र बढुवा हुने सम्भावना छ । आगामी २५ कात्तिकमा अर्का एआइजी रबिन्द्र धानुकले पनि अवकाश पाउँदैछन् । यद्यपी उनी प्रहरी नियमावली नै संशोधन गरेर

नयाँ दिल्लीबाट बेंग्लोर जान लागेको विमानमा आगो लाग्यो

काठमाण्डौं । भारतको नयाँ दिल्लीबाट बेंग्लोर जान लागेको इन्डिगोको एक विमानको इन्जिनमा उडानको क्रममा शुक्रबार आगो लागेको छ । यससँगै उक्त विमान दिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा आकस्मिक अवतरण गराइएको छ । यो घटना शुक्रबार राति करिब १० बजेको हो । समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीबाट बेंग्लोर जाँदै गरेको फ्लाइट संख्या ६ई–२१३१ को विमानमा देखिएको प्राविधिक समस्याको कारण इन्जिनमा आगो लागेको थियो । यससँगै पाइलटले विमानस्थलमा नै आकस्मिक अवतरण गराएका हुन्

खुकुरी प्रहार गरी चितवनमा एक युवकको हत्या

चितवन । चतिवनको माडी नगरपालिका-४ घोसरीमा एक युवककाे हत्या भएको छ । सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथी अन्दाजी ३३ वर्षीय जीवन नेपालीको खुकुरी प्रहार गरी हत्या गरेके माडी प्रहरीले जनाएको छ । घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ । प्रहरीले पक्राउ

घरमा आगलागी हुंदा १५ लाखको क्षति

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री गरी १५ लाख बढीको क्षति भएको प्ररम्भिक अनुमान छ ।आगलागीको कारण खुल्न सकेको छैन ।