समाज

दार्चुलामा बिहानै भूकम्पको धक्का 

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ५ः ५० बजेको समय जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस गरिएको थियो । पछिललो समय पश्चिम नेपालका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर बेला बेला भूकम्प जाने गरेको छ ।

मनसुन सक्रिय बन्दै, गण्डकीमा भारी वर्षा

काठमाडौँ । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म फैलिएको छ । देशका बाँकी भूभागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्य सफा रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको

दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

काठमाडौं । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध नेपाल एक रनले पराजित भएको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । याे हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ । शनिबार बिहान वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९

काठमाण्डौं जादै गरेको बस रुपन्देहीको सैना मैनामा दुर्घटना, ४३ जना घाइते

बुटवल । रुपन्देहीको सैनामैनामा बस दुर्घटना हुँदा  ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका थिए। घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित ९ जनाको मृत्यु

एजेन्सी । मलावीका उपराष्ट्रपति सालोस चीलीमाको विमान दुर्घटनामा मृत्यु भएको छ । उपराष्ट्रपति चीलीमासहित ९ जनाको विमान दुर्घटनामा मृत्यु भएको हो । चीलीमासहित विमानमा सवार कोही पनि जिवित नभेटेको मलावीका राष्ट्रपति लजारस चकवेराले पुष्टि गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार चीलीमा सवार विमान उडान भरेको केही बेरमै सम्पर्कबिहीन भएको थियो । विमानमा उपराष्ट्रपतिसहित अन्य ९ जना सवार थिए । विमानमा सवार कोही पनि जिवित फेला नपरेको बताइएको छ ।

मोटरसाइकल दुर्घटनामा दुई प्रहरीको मृत्यु

सिन्धुली : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी धनुषा कमला नगरपालिका-९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रविन्द्र कुमार ठाकुर र तनहुँको भिमाद नगरपालिका-७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । फिक्कल गाउँपालिका वडा नम्बर-५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै प्रहरी चौकीतर्फ फर्कने क्रममा प्रहरी

प्रधानमन्त्री मोदीले दिए पदबाट राजीनामा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा चुनावको परिणाम आएको भोलिपल्ट बुधबार उनले राजीनामा दिएका हुन् ।  उनको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकृत गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदीको सत्ताधारी गठबन्धनले चुनावमा स्पष्ट बहुमत पाए पनि भाजपाले भने बहुमत पाएको छैन । 

चाबहिलमा ५५ वर्षीय पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाउदा ५ जना घाइते

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिल स्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाएपछिको घटनामा ५ जना घाइते भएका छन् ।  बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित रिवारका ५ जना घाइते भएका हुन् ।ज घाइते हुनेमा सिंहसहित उनका ३ जना छोरी र पत्नी छन् । घाइतेहरूलाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा पठाइएको प्रहरी वृत्त गौशालाका डीएसपीले बताए । घरायसी झगडा र मादक पदार्थ सेवन

यार्सा टिप्न गएका २ जनाको मृत्यु

मुगु : यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक

गर्मिका कारण नेपालगञ्जका विद्यालय जेठ ७ गतेसम्म बन्द

नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ । उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ ।  अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो । उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने