समाज

बस दुर्घटना हुँदा रुकुम पूर्वमा चार जनाको मृत्यु

रुकुम पूर्व। रुकुम पूर्वमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भूमे गाउँपालिका वडा नम्बर–३ स्थित क्याङ्सी बगरमा ग १ ख ९१०९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल रुकुम कोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ ।

नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता

नेपालगन्ज । नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो । ‘बिहिवार राति मात्र एम्सको पत्र र प्रमाणपत्र प्राप्त भयो ।’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने–‘चार वटा विधाको अलगअलग प्रमाणपत्र पाएका छौं ।’ एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर

आगलागीमा परी कपनमा तीन जनाको मृत्यु

काठमाण्डौं । काठमाडौंको कपनमा आगलागीमा परी हालसम्म तीन जनाको मृत्यु भएको छ। बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेतले जानकारी दिए। उक्त घरमा रहेको अक्सिजनका ग्यास सिलिन्डरहरू पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। घरमा ट्रेकिङ कम्पनीको कार्यालय भएकाले अक्सिजन सिलिन्डरहरू राखिएको बताइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिताराम रिजालका अनुसार मृतकको पहिचान खुलेको छैन। उनीहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ। त्यस्तै अरू पनि केही

नेपाली युवकले दुबइमा जिते ३४ करोडको चिठ्ठा

काठमाडौं । दुबइमा कार्यरत एक नेपाली युवाले ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । भरत नामक नेपाली युवाले अहिलेसम्मकै ठूलो चिठ्ठा जितेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । महजुज नामक साप्ताहिक राफल ड्रमा उनले एक करोड दिराम जितेका हुन् । भरत त्यहाँ मासिक करिब ४२ हजार रुपैयाँको कार धुने जागिर खान्थे । बुधबार उनलाई एक करोड दिरामको नमुना चेक हस्तान्तरण गरिएको गल्फन्यूजले जनाएको छ ।

चोरको निसानामा एटिएम मेसिन

पोखरा । पछिल्ला दिनहरुमा पोखराको एटिएम मेसिन असुरक्षित हुँदै गएको छ । दिनहुँजसो एटिएम मेसिन फोडिन्छ । सोमबार र मंगलबार लगातार २ वटा बैंकका एटिएम मेसिन फुटाउन प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सोमबार पोखरा ९ मा रहेको कृषि विकास बैंकको एटिएम फुटाएरु नगद चोर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो । मेसिन फुटाएर पैसा चोरिरहेको सूचना प्रहरीले पाएपछि तत्कालै पक्राउ गरिएको हो । उक्त

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको वकैया  गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

विद्यालयमा सेनाले गोली चलाउँदा छ बालबालिकाको मृत्यु, १७ जना घाइते

यांगुन । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा छ बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटको अन्तिम टुंगो लगाउदै

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक आज बस्दैछ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन बैठक बस्न लागेको हो । यद्यपि आजको बैठकको समय तय भइनसकेको एक नेताले जानकारी दिए । यसअघि भदौ ३० गते बिहिबार बसेको बैठकले निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेपछि असोज ४ गते प्रत्यक्ष तर्फको सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको थियो । समानुपातिक बन्द सूची बुझाउनका लागि

सशस्त्रमा तक्मा पाउनेको सुची देखेर प्रहरी अधिकारी अचम्मित

काठमाडौं । संविधान दिवसको अवसरमा घोषणा गरिएको विभूषणको सूची देखेर सशस्त्र प्रहरी बलका अधिकारी अचम्मित भएका छन् । सिनियर अफिसरले चाकडी र चलखेलकै आधारमा विभूषण हात पारेका छन् । यसपटक विभूषण पाउनेमा एक्ला डिआइजी अभि खत्री हुन् । उनले करिब दुई वर्ष कर्णालीको बाहिनी चलाए । एसएसपी हुँदादेखि नै उनलाई त्यहाँ राखिएकोमा गत वर्षको सरुवामा पनि चलाइएन । हालै मात्र हेडक्वार्टर सरुवा भएका उनले विभूषणसमेत पाएका छन् । नेपाल प्रताप

संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका हुन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका