समाज

खोलाले कार बगाउँदा चार जनाको मृत्यु, चालक गम्भीर घाइते

घोराही । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । भने चालक गम्भीर घाइते छन् । गए राति करिब १० बजेर ५० मिनेटमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाएको थियो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार खोलाले कार बगाउँदा चार जना महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते छन् । खोलाले कार बगाउँदा घोराही उपमहानगर १३

सामाजिक सुरक्षा भत्ता लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले ३३ प्रतिशत बढाएर सामाजिक सुरक्षा भत्ता लागू गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको सामाजिक सुरक्षा भत्ता लागू गर्ने निर्णय गरेको हो ।

आजबाट कम वर्षा हुने

काठमाडौं । आजबाट पानी पर्नेक्रम केही कम हुने भएको छ । आजबाट क्रमशः पानी पर्नेक्रम विस्तारै कम हुँदै जाने मौसमविद् राजु प्रधनाङ् बताउँछन् । “पूर्णरुपमा पानी नपर्ने भन्ने त होइन तर आजबाट वर्षाको क्रम केही कम हुँदै जाने छ । भोलिबाट घाम पनि लाग्ने छ,” मौसमविद् प्रधानाङ् भन्छन्, “जुन प्रणालीले नेपालमा वर्षा भएको हो त्यो नेपालभन्दा धेरै तल रहेकाले अब विस्तारै वर्षा कम हुने हो ।” वर्षा कम भए पनी

९० हजार घुस लिएको आरोपमा दुई प्रहरी पक्राउ

काठमाडौं । काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ । प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा

सशस्त्रका घुमुवा जवानले गरे सइमाथी हातपात

काठमाडौं । सीमामा तस्करीको विवादमा एक जवानले सइमाथि आक्रमण गरेका छन् । बर्सौं घुमुवा बसेर बदनाम भएका जवान वीरेन्द्र साहले सइमाथि हातपात गरेका हुन् । जवान साहलाइ केहि समयअघि कारबाही गरी मनकामना गण तनहुँ सरुवा गरिएको थियो । तर बिदामा घर आएर आफै तस्करी गर्न हिंडेका उनलाइ बुधबार सांझ तस्करीको कपडा र बाइक सहित बिधेबर्साइन इलाकामा सशस्त्र प्रहरीका एक सइले पक्राउ गरेका थिए । पक्राउ पर्नासाथ स्थानीय गाउंलेको सहयोगमा सइमाथि

केही जिल्लाका एसपीहरुको सरुवा तयारी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्ला तथा प्रदेश ट्राफिक कार्यालयका प्रमुखका रुपमा कार्यरत एसपीहरुको सरुवाको तयारी थालेको छ । एक वर्ष अवधि पुगेका जिल्लाका एसपीहरुको सरुवा हुन लागेको हो ।एसपीको सरुवा हुने जिल्लाहरुमा सर्लाही, सप्तरी, पाल्पा, स्याङजा, सिन्धुपाल्चोक, पूर्वी नवलपरासी र नुवाकोट छन् । सर्लाहीमा सन्तोषसिंह राठौर, सप्तरीमा राजेन्द्र धमला, पाल्पामा सन्तोष भट्टराई, स्याङजामा होबिन्द्र बोगटी, सिन्धुपाल्चोकमा राजन अधिकारी, पूर्वी नवलपरासीमा प्रकाश मल्ल र नुवाकोटमा तुलबहादुर कार्की कार्यरत छन्

जसपा एक साताभित्र सरकारमा सहभागी हुन्छ: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेश र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी एक साताभित्र सरकारमा सहभागी हुने दावी गरेका छन् । पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी नयाँ विचार र एजेन्डासहितको वैकल्पिक शक्तिको रुपमा उदयमान भएको दावी गरे । महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै

नेता खनालले नयाँ दल दर्ताका लागि दूतावासमार्फत सनाखत गरे

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । दूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् । ‘दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको छ । दूतावासका प्रतिनिधिहरू उहाँको सनाखत लिएर आयोग आउनुभयो र आयोगलाई जानकारी दिनुभयो’ नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोग परिसरमा उपस्थित सञ्चारकर्मीहरूलाई जानकारी दिए

आज देशका विभिन्न स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अरू प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

सशस्त्र प्रहरीको घुमुवा घुससहित पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारको बर्दिवासस्थित कार्यालयले सशस्त्रका बरिष्ठ हवल्दार राजीशरण शाह र स्थानीय रामआशिष शाहलाई पाँच हजार घुससहित पक्राउ गरेको हो । महोत्तरीको गौशाला नगरपालिका– ४ बाट उनीहरु पक्राउ परेका हुन् । सीमाबाट सामान तस्करीमा सहज गराइदिने भन्दै घुस लेनदेन हुँदै गर्दा अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो ।