समाज

ओलिको लागि सधै ढोका खुला छ : नेता नेपाल

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचार र धारण परिवर्तन गरे उनका लागि ढोका खुला रहेको बताएका छन् । चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला रहेको बताएका हुन् । ‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’,

एमालेको दशौं महाधिवेशन मंसिर १०, ११ र १२ मा हुने

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ । माधव नेपाल छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो । त्यस्तै भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ ।

पेट्रोलियम पदार्थको मुल्य वढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएअनुसार राति १२ बजेपछि डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । पेट्रोलियम पदार्थका मूल्य वृद्धि भएसँगै पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६

शुक्रबार बाट ११ र १२ का विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज खोप लगाउदै

काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज शुक्रबार बाट पाउने भएका छन् ।स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई  शुक्रबार वाट खोप दिइने बताए । यी हुन् खोप केन्द्रहरु : सशस्त्र प्रहरी अस्पताल, बलम्बु वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वीर अस्पताल,

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो, २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए । यसअघि राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य थियो । अध्यादेश ल्याउनु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले वालुवाटारमा जसपा नेता महन्थ ठाकुरसँगसमेत

धेरै समयको फरकमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए । गत फागुन २३ देखि

सर्वोच्चले भन्यो असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउनु

काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लागत संकलन गर्न र घरघरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको हो । खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमा गएर कोरोनाको खोप

बैंकिङ कसूर मुद्दामा फरार महिला पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ की ४८ वर्षीया प्रेमकुमारी खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले २०७६ जेठ २१ गते चेक बाउन्सको मुद्दामा दोषी ठहर गर्दै पाँच दिन कैद र २० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

रेल सञ्चालनबाट अलग हुदै भारत

काठमाडौं । कुर्था–जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ । बुधबार नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित सरोकारवाला निकायलाई पठाएको पत्रमा यस्तो ढिलाइ हुँदै गए आफ्नो कम्पनी सम्झौताबाट बाहिरिने संकेत पनि दिएको हो । पाँच महिनाअघि मे २१, २०२१ मा रेलवे कम्पनी र भारतीय रेल्वे कम्पनीबीच जयनगर–कुर्थामा रेल सञ्चालनको सम्झौता भएको थियो ।, यो समाचार आजको कारोबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।