समाज

स्वतन्त्र सांसद दीपक मनाङे पुन मन्त्री बन्ने पक्का

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाउन लागेका छन् । स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने पक्का छ । मनाङेले समर्थन गरेकै कारण नयाँ सरकार गठन सम्भव भएकाले उनलाई सुरुमै मन्त्री बनाउन लागिएको एक नेताले बताए । उनलाई युवा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए ।

ज्ञानेन्द्र शाहीकाे टाेलीमाथी सुर्खेतमा आक्रमण, पाँच जना घाइते

सुर्खेत । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीकाे टाेलीमाथी सुर्खेतमा आक्रमण भएको छ । राहत बाड्न सुर्खेत पुगेको बेला शुक्रबार राति स्थानीय केही ब्यक्तिहरुले आक्रमण गरेका हुन ।वडा नम्बर १३ काे करे खाेला नजिकै खाना खाएर फर्कने क्रममा आफुहरुमाथी एकासी ढुंगामुढा सहित आक्रमण भएको शाहीको टाेलीले बताएको छ ।आक्रमण बाट शाही सहित पाँच जना घाइते भएका छन । आक्रमणमा अभियानका दुई जनालाई अलि बढि चाेट रहेको र अरु सामान्य घाइते भएको प्रहरीले

जसपाका ठाकुर-महतो समूहले नयाँ दल दर्ताको तयारी गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको हो । जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २६ र संघीय समाजवादीबाट २५ जना थिए । तर, तत्कालीन राजपाका

लमजुङमा रेडक्रसद्धारा प्रहरी र पत्रकारलाई माक्स वितरण

लमजुङ । रेडक्रस सोसाइटी लमजुङद्वारा प्रहरी र पत्रकार महासंघ लमजुङलाई मास्क हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस साेसाइटी लमजुङ जिल्ला शाखाले जिल्ला प्रहरी कार्यालय लमजुङ र नेपाल पत्रकार महासंघ लमजुङलाई मास्क हस्तान्तरण गरेको हाे । कोरोना प्रतिकार्यका लागि अग्रस्थानमा रहेर कार्य गरेको भन्दै रेडक्रस सोसाइटी लमजुङले प्रहरीको लागि जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख गंगा बहादुर थापा लाई २ हजार मास्क र कोरोना माहामारीको प्रवाह नगरी समाचार सम्प्रेषण गर्ने पत्रकारहरुका लागि

रासनमा भ्रष्टाचार गर्ने गुल्मपतिहरुलाई वचाउदै उच्च अधिकारीहरु

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि अहिले सीमा नाकामा दैनिक १८ घन्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता छ । २४ घण्टा सीमा निगरानी गर्नु पर्ने भएकोले सशस्त्र प्रहरी बलमा बिदा आउट पनि बन्द छ ।तर संगठनको नीति विपरीत तराइमा ड्युटीको चटारो हुंदा पहाडका युनिटमा भने बिदा छोड्ने क्रम जारि नै छ । पांचथर स्थित गुल्मका गुल्मपति डिएसपि किशोर कुमार श्रेष्ठ संगठनको निति बिपरित अधिक बिदा छोडेर रासनमा बदमासी गरेकोमा सशस्त्र प्रहरी हेडक्वार्टरले

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र नेपालीको दाबी पेश

काठमाडौं । गण्डकी प्रदेशका विपक्षी सांसदहरूले नयाँ सरकार दाबी गरेका छन् । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसदले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष दाबी पेस गरेका हुन् । आजै प्रदेश प्रमुखले २४ घन्टाको समय दिएर नयाँ सरकार गठन आह्वान गरेकी थिइन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र जनमोर्चाका २/२ र स्वन्तन्त्र एक गरी ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नेता नेपालीले प्रदेश प्रमुख

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको शनिबार बैठक बोलाएका छन् । आफ्नो निवास बूढानीलकण्ठमा शनिबार २ बजे बैठक बोलाएका हुन् । पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल बैठक बोलाएएको सभापति देउवाको स्वकीय सचिव भानु देउवाले जनाएका छन् । बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताबीच महाधिवेशन गर्ने विकल्पको खोजी हुने बताइएको छ । कांग्रेसको महाधिवेशन आगामी भदौभित्र गर्नु संविधानतः बाध्यतामा रहेको छ । काँग्रेसले भदौ

घर नजिकको पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका-६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए । बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको छ र उनीहरुको नाम खुलेको छैन । अहिलेसम्म ५ जना बालिकाको शव पोखरीबाट निकालिएको छैन । पोखरीमा खोजी अझै भइरहेको

सुर्खेत प्रहरीद्धारा ब्राउन सुगरसहित चार जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत निवासी ३०/३० वर्षीय भरत थापा र मनोज विक, १८ वर्षीय एनआर राना र सिम्ता गाउँपालिका–१ सुर्खेत निवासी कोमल राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेका प्रहरी प्रबक्ता एवं प्रहरी नायब