प्रहरी नियमावली संशोधन प्रक्रिया रोकियो, सयौं कर्मचारीको बढुवा प्रक्रिया प्रभावित
काठमाडौं । एकपछि अर्काे अध्यादेश ल्याइरहेको सरकारले प्रहरीको अत्यावश्यक नियमावली संशोधनमा भने चासो दिएको छैन । नियमावली संशोधन प्रक्रिया रोकिदा सयौँ कर्मचारीको बढुवा प्रभावित बनेको छ । बढुवाका केही प्रावधान संशोधनसहित प्रहरी नियमावली संशोधन अघि बढेकोमा दुई महिनादेखि त्यससम्बन्धी प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रोकिएको छ । नियमावली संशोधन गर्न रायका लागि मस्यौदा कानुन मन्त्रालयमा पठाएकोमा उताबाट फिर्ता नआएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव धर्मराज कुइँकेलले बताए । कानून र