स्वास्थ्य

कोरोना निको हुनेको सङ्ख्या वृद्धि हुदैे

काठमाडौं । कोरोना सङ्क्रमणको सङ्ख्यामा खासै कमी आउन नसके पनि निको हुनेको सङ्ख्यामा भने सुधार हुँदै गएको छ । गएको २४ घण्टामा थप आठ हजार ६०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै कोरोना निको हुने सङ्ख्यासमेत सात हजार ८९० रहेको छ । एक दिनअघि बिहीबार छ हजार ५४३ जना सङ्क्रमित निको भएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४०७ जना

नेपाल प्रहरीको सक्रियतामा ९ हजार थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९ सय ९ थान अक्सिजन सिलिन्डर संकलन गरेको हो । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि

प्रदेश अस्पताल सुर्खेतले आजदेखि कोरोनाका बिरामी भर्ना नलिने

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतले आजदेखि थप कोरोनाका बिरामी भर्ना नलिने भएको छ । शुक्रबार बेलुका एक सूचना जारी गर्दै प्रदेश अस्पतालले अक्सिजनको अभाव हुँदा शनिबारदेखि कारोनाका थप नयाँ बिरामी भर्ना लिन नसकिने जनाएको हो । नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको र अक्सिजन आउन छाडेका कारण कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन नसक्ने प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काको भनाई । ‘नेपालगन्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेका

रेम्डेसिभिरमा कालोबजारी ५ हजार पर्नेलाई ५० हजारसम्म बिक्री

काठमाडौं । रेम्डेसिभिर औषधिको औसत सरकारी मूल्य प्रतिभाइल ५ हजार रुपैयाँ पर्छ। तर, यसको कालोबजारी भई ५० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ। यो औषधि कोभिड–१९ बाट संक्रमितको उपचारमा आपतकालीन अवस्थामा चिकित्सकको प्रत्यक्ष निर्देशनमा मात्रै प्रयोग हुँदै आएको छ। कालोबजारीमा पनि गोप्य रूपमा विभिन्न प्रकारको च्यानल मिलाएर मात्रै किन्न पाइएको एक सेवाग्राहीले बताए। यसमा कोभिड अस्पताल र बाहिरका औषधि पसलको संलग्नता पाइएको ती व्यक्तिको भनाइ छ। ‘अस्पतालबाट औषधि उपलब्ध नहुँदा दिनभर

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नापतौल विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर

अक्सिजन सिलिन्डर संकलन गर्दै तनहुँ प्रहरी

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ । अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो । प्रहरीले दमौलीबाट १५, बेलचौताराबाट तीन र डुम्रेबाट २५ थान सिलिण्डर सङ्कलन गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । कोभिड सङ्क्रमितका लागि सिलिण्डर अभाव भइरहेका बेला प्रहरीले विभिन्न ग्यारेजमा रहेका सिलिण्डर सङ्कलन शुरु गरेको छ । दमौलीबाट पाँच वटा भरी सिलिण्डर र १० वटा

झापामा अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन

झापा । झापामा लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ । मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताउनुभयो । कोभिड–१९ महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट

सबुज गण सल्यानले २० बेडको आइसोलेशन सेन्टर निर्माण गर्दै

सल्यान । सल्यानमा नेपाली सेनाले ‘आइसोलेशन सेन्टर’ निर्माण गर्न सुरु गरेको छ । शारदा नगरपालिका-२ खलंगा स्थित स्वास्थ्य सेवा कार्यालय परिसरमा जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकाको आर्थिक सहयोगमा अक्सिजन सहितको २० वेड क्षमताको अस्थाई आइसोलेशन सेन्टर निर्माण कार्य सुरु भएको सबुज गण सल्यानका गणपति प्रमुख कञ्चन कृष्ण बस्नेतले जानकारी दिए । सबुज गणबाट सह-सेनानी दिपक कुमार बुढाथोकीको कमाण्डमा सम्पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि उक्त निर्माण कार्य सुरु गरिएको

भारतद्वारा नेपालका लागि 'लिक्विड' अक्सिजन’को आपूर्ति खुला

काठमाडौं । भारतले नेपालका लागि भनेर ‘लिक्विड अक्सिजन’को आपूर्ति खुला गरेको छ । दुई देशका राजदूतको समेत पहल र दुई पक्षीय अनौपचारिक संवादपछि भारतले नेपाललाई मात्र खुलाएको हो । मानवीय संकट उत्पन्न हुने भएपछि परराष्ट्र मन्त्रालयले भारतसँग गम्भीरतापूर्वक छलफल भएको जनाएको छ । भारतको गृहमन्त्रालयले उत्तर प्रदेश र विहार सरकारलाई नेपालतर्फ लैजाने लिक्विड अक्सिजन आपूर्तिमा सहजीकरण गर्न भनिसकेको बताइएको छ । अब नेपालमा अक्सिजनको अभाव नहुने दावी गरिएको छ ।

काभ्रेमा कोरोना सङ्क्रमितको सङ्ख्या वढ्दै

काभ्रे । केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ। जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार शुक्रबार २३ सङ्क्रमित थपिएका छन् ।   गत बिहीबार १९ मा सङ्क्रमण देखियो भने बुधबार ११ र मङ्गलबार छ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्लामा हाल ४३ पुरुषसहित ८२ कोरोना सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । “जिल्लामा कोरोना सङ्क्रमण दर बढिरहेको छ, यस कारण विशेष सावधानी अपनाउनुर्पे देखिन्छ”, जिल्ला