स्वास्थ्य

भेरी अस्पताललाई अक्सिजन खरिद गर्न वडाध्यक्ष बेहनाद्धारा दुई लाख सहयोग

नेपालगंज । भेरी अस्पतालमा बेड भरिएका छन् । बिरामीका लागि चाहिने अक्सिजन सिलिन्डर अभाव भएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ । यहीबेला नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन खरिद गर्न दुई

बाँकेमा बैशाख ९ देखी एक साता लकडाउन

बाँके । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले बाँकेमा एक साता लकडाउन गर्ने निर्णय गरेकाे छ । मंगलबार बसेको डीसीसीएमसीकाे बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न सिफारिस गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताए । ‘लकडाउनका लागि सिफारिस गरेका छौं,’ प्रजिअ गेलालले भने, ‘के कस्तो अवस्थामा र कहिलेसम्म भन्ने विषयमा छलफल गरिरहेका छौँ तर ९ गतेबाट लकडाउन हुन्छ

कोरोना संक्रमणबाट रुपन्देहीमा ६ जनाको मृत्यु

रुपन्देही । कोरोना भाइरसका कारण रुपन्देहीमा ६ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत् २ जना र भैरहवामा रहेको युसिएमएस कोभिड अस्पताल ४ जनाको मृत्यु भएको हो ।   रुपन्देहीकै २ महिला र १ पुरुष र अन्य जिल्लाका ३ जनाको मृत्युभएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । उपचाररत् महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या रहेको थियो । अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल ८ रुपन्देहीकी ६५ वर्षीय महिला र बुटवल

काठमाडौँ उपत्यका र बाँके काेरोनाको हटस्पट बन्दै

काठमाडौं । काठमाडौँ उपत्यका र बाँके काेरोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा ९ सय जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३ सय ४८ जना संक्रमित भएका हुन् । काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार

संक्रमित बढेसँगै बाँके कोरोनाको उच्च जोखिममा

नेपालगंज । बाँकेमा दिनहुँ कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएसँगै बाँकेमा समेत त्यसको असर देखापर्न थालेको छ । भारतका बिभिन्न शहरबाट जमुनाह नाका हुँदै फर्किएका नेपालीहरुमा कोरोना पुष्टि भए पश्चात बाँकेमा पनि कोरोना तिब्र रुपमा फैलिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ४३ पुगेको

गौरिफन्टा नाका हुँदै नेपाल भित्रिएका एक सय ६६ जनामा कोरोना पुष्टि

काठमाडौं पछिल्लो ४ दिनमा भारतबाट गौरिफन्टा नाका हुँदै नेपाल भित्रिएका मध्ये १६६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। शनिबारदेखि मंगलबारसम्म ३ दिनमा भारतका विभिन्न शहरबाट १ हजार ८ सय व्यक्तिको ‘एन्टिजेन’ विधिबाट कोरोना परिक्षण गर्दा १६६ जनामा संक्रमण पुस्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई धनगढीस्थित बेलीमा निर्माण गरिएको आइसोलेशनमा पठाइने गरिएपनि उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका बाँकी नागरिक भने सोझै घर गइरहेका छन्। त्यसरी सर्तकता नअपनाइनाले दोस्रो चरणको कोरोना

ब्राजिलमा एकैदिन कोरोना संक्रमणबाट १ हजार ४८० को ज्यान गयो

काठमाडौं । ब्राजिलमा एकैदिनमा अझै पनि एक हजार जना भन्दा बढीको ज्यान गएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ कोरोना संक्रमणबाट कम्तीमा एक हजार ४८० जनाको ज्यान गएको छ । यहाँ गएका कैयौँ दिनदेखि कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या कम्तीमा पनि एक हजार घटेको छैन । सोमबार पनि यहाँ ठूलो संख्याका नागरिक यस महामारीबाट संक्रमित बढेका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र पनि ३५ हजार

कोरोना विरुद्धको दोस्रो खोप आउदो मंगलबार देखि लगाइने

काठमाडौं । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।   खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

चीनमा बनेको खोप कमजोर भएको प्रतिक्रिया

काठमाडौं । चीनका प्रमुख रोग नियन्त्रण अधिकारीले चीनमा निर्मित कोभिड खोपहरूको प्रभावकारिता कम भएको बताएका छन्। एक पत्रकार सम्मेलनमा गाउ फूले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरूको सम्मिश्रण बनाउने विषयमा सोचिएको जानकारी दिए। नेपालमा पनि चीनले अनुदानमा दिएको आठ लाख मात्रा कोभिड खोप अहिले लगाउन थालिएको छ।चीनले चार प्रकारका खोपहरूलाई स्वीकृति दिएको छ जसमध्ये विदेशमा गरिएको परीक्षणमा केही खोपको प्रभावकारिता ५० प्रतिशतसम्म पनि देखिएको छ।   पछि गाउले सम्मेलनमा राखेको आफ्नो

कोभिड–१९ विरुद्धको चिनिया खोप आजदेखी लगाइदै

चीनबाट अनुदान सहयोगमा आएको  कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट लगाउन लागिएको हो । उक्त खाेप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने भएको छ । यस भन्दा अघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने