स्वास्थ्य

पछिल्लो २४ घन्टामा थप १ सय ५२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप १ सय ५२ जनामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ । ४ हजार २ सय १३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५२ जना नयाँ संक्रमित भेटिएका हुन् । यही समयमा ६५ ले कोरोनालाई जितेर घर फर्किएका छन्। भने एक जनाकाे कोरोनाकै कारण ज्यान गएको छ।

पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । तीन जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतबाट फर्कने नेपाली कामदारमा कोरोमा संक्रमण देखिदै

काठमाडौं । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् । स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी अमित विकले बताए । अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बीच फेरि भारततिर लागेका थिए ।

पछिल्लो चौबीस घण्टामा थपिए १४५ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा १४५ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ९६३ जनाको पीसीआर परीक्षण गरिएकोमा १४५ जनाको नतिजा पोजेटिभ आएको हो ।   योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।   त्यस्तै चौबीस घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।   त्यस्तै पछिल्लो चौबीस घण्टामा १ जनाको

फेरी कोरोना महामारीको जोखिम बढ्दै, सबै क्वारेन्टिन तयार राख्न सरकारको निर्देशन

काठमाडौं । सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।   जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गर्छ । केन्द्रमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव

नेपालमा कोरोना संक्रमितको संख्या  २ लाख ७६ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।   मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयका जनाएको छ ।यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ रहेको छ ।   पछिल्लो २४ घण्टामा थप ७७ जना

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५० जना कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   साेमवार थपिएकासहित नेपालमा अहिलेसम्म दुई लाख ७६ हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।यस्तै गएको २४ घण्टामा ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२

प्रधानमन्त्री ओलीले लगाए  कोरोनाविरुद्धको दोस्रो खोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् । आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्जमा प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गतको खोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान औपचारिकरुपमा सुरु भएको छ । उनले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीसँगै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री

फागुन अन्तिमसम्ममा नेपालले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने

काठमाडौं । सरकारले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार यसै महिनाको अन्त्यसम्म भारतबाट खोप आइसक्नेछ । तीनसाताअघि सरकार र भारतको सेरम इन्स्टिच्युटबीच खोप खरिदबारे सहमति भएको थियो । कृषिमन्त्री पद्मा अर्यालका अनुसार मन्त्रिपरिषद् बैठकले भारतसँग खोप खरिद गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट एक साताभित्र विदेशमा थप दुई नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा यो साता थप दुई नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३३५ पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ