सुत्केरीलाई कोरोना संक्रमितसंग राखेको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले दिए राजिनामा
काठमाडौं । सुत्केरीलाई कोरोना संक्रमितसँगै राखेर उपचार गरेको भिडियो सार्वजनिक भएपछि मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । उख्नाको राजीनामा बिहीबार संसदले पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । संसदमा ९५ प्रतिशत सांसदले प्रधानमन्त्रीको राजीनामाको पक्षमा मतदान गरेका जनाइएको छ । एक अस्पतालमा सुत्केरी र नवजात शिशुसँग कोरोनाभाइरस संक्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीको चौतर्फी विरोध भएको थियो । विरोधसँगै आन्दोलन चर्किएको थियो । उनले गल्ती