स्वास्थ्य

अब हप्तामा २ दिन मात्रै कोरोना ब्रिफिङ हुने

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि हप्ताको दुई दिन मात्र कोरोना ब्रिफिङ गर्ने भएको छ । बुधबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए। उनले अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने पनि बताए । सरकारले गएको चैत ११ गते दैनिक सवा ४ बजे कोरोना ब्रिफिङ गर्दै आइरहेको छ ।

मुखमा घाउ आएर तनावमा हुनुहुन्छ ? यी घरेलु उपायहरु अपनाउनुस्

काठमाडौं – धेरैजसो मानिसको मुखमा बिबिरा, मसिना सेता फोका देखिने घाउ आउने गर्छ । मुखभित्र आउने यस्तो घाउ निकै समस्या गर्छ । मुखभित्र जिब्रो, गिजा, ओठको छउमा घाउ आएमा राम्रोसँग खानेकुरा खान पनि सकिदैन । खानेकुरा खान मात्र होइन यस्तो घाउ आएमा बोल्न पनि गाह्रो हुन्छ । ने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले पनि यस्तो घाउ आउँछ । यस्तै यस्तो घाउ तनाव र रोग प्रतिरोधी क्षमता कमजोर भएमा

दशैंमा सामाजिक दूरी पालना गर्न नसक्दा कोरोनाको परिणाम भयावह हुन सक्ने

काठमाडौं । आज विजयादशमीको तेस्रो दिन । आफन्त र नातागोताकहाँ दशैंको टीका थाप्ने क्रम जारी छ । आज (बुधबार) देखि बंैक तथा वित्तीय संस्था र सरकारी कार्यालय खुले पनि टीकाको रमझम रोकिएको छैन । जसका कारण नेपाली जनता अझै फेस्टिभ मुडमै छन् । दशैंको बेला भएकाले स्वास्थ्य मन्त्रालयले पाँच दिनसम्म कोरोना संक्रमित र मृत्युको अपडेट रोकेको छ । सम्भवतः आजदेखि कोरोना अपडेट सुरु हुनेछ । दशैंमा सबैजना व्यस्त भएकाले यसपटक

फिफा अध्यक्ष इन्फान्टिनोलाई कोरोना संक्रमण

एजेन्सी- विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण भएको छ । फिफाले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण भएको जनाएको छ । ५० वर्षीय इन्फान्टिनोलाई कोरोनाको सामान्य लक्षणहरु देखिएको र सेल्फ आइसोलेसनमा रहेको फिफाले जनाएको छ । ‘अध्यक्षलाई सामान्य लक्षण देखिएकाले सेल्फ आईसोलेसनमा बसेका उनी कम्तिमा १० दिन क्वारेन्टिनमा रहने छन्,’  फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । फिफाले अध्यक्ष इन्फान्टिनोको स्वास्थ्यलाभको

यति धेरै रोगको औषधि हुन्छ गाईको घिउ, यस्ता छन् फाइदाहरु

काठमाडौं – धेरैको भान्सामा सजिलै घीउ पाइन्छ ।  स्वादमा मिठो हुने घीउ धेरैलाई मन पनि पर्छ । घीउको सेबनले हाम्रो स्वास्थ्यलाई पनि धेरै नै फाइदा गर्छ । घीउ भैसी, गाई, चौरी को बनाउने गरिन्छ । जसमध्ये गाईको घीउ निकै राम्रो मानिन्छ । गाईको घीउ धार्मिक दृष्टिकोणले पनि अत्यधिक महत्वको रुपमा लिइन्छ । त्यस्तै गाईको घीउ औषधिका रुपमा पनि प्रयोग गरिन्छ । गाईको घिउले धेरै रोगहरुबाट छुटकारा दिलाउछ । गाईको घिउ

कोरोना निको हुनेको संख्या बाँकेमा २३ सय नाघ्यो

बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २३ सय नाघेको छ । आज थप ३७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २० पुरुष र १७ महिला छन् ।                                                                             

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन पाँच दिन बन्द

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादशँैका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जनसमेत हुने बताउनुभयो । उहाँले कोभिड –१९ का बारे भने सामाजिक सञ्जालबाट जानकारी गराइने पनि बताउनुभयो ।

कोरोनासँग लड्न ‘नर्सको दुर्गा अवतार’ !

काठमाडौं । विश्व कोरोनाभाइरस संक्रमणको चपेटाबाट गुज्रिरहेको छ । नेपाल पनि १० महिनादेखि कोरोनासँग जुधिरहेको छ । कोरोना संक्रमण दर बढिरहेका बेला नेपालीको महान चाड बडादशैँ सुरु भइसकेको छ । आश्विन शुल्क प्रतिपदादेखि नौ दिन नवदुर्गाको पूजापछि दशमीमा विजया दशमी मनाइन्छ । यो पर्व असत्य माथि सत्यको विजयका रुपमा शक्ति स्वरुपा देवी भगवती महिषसुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा मनाउने गरिन्छ । सत्ययुगमा महिषाशुर (दानव)को कुकृत्यबाट मानव जगतलाई

केएमसी हस्पिटलको तेस्रो तलाबाट हाम फालेका युवकको ज्यान गयो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका २६ वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुका २६ वर्षीय रोशन खड्का रहेका छन् । सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका ती युवकको उपचारको क्रममा मृत्यु भएको हो । हाम फाल्दा गम्भिर घाइते भएका युवकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । युवक मानसिक रोगी रहेको बताइएको छ । घरमा हात, खुट्टा पोलेपछि उनलाई अस्पतालमा

बलिउडका लोकप्रिय गायक कुमार सानुलाई कोरोना संक्रमण

काठमाडौँ। सन् १९८०÷९० का दशकमा आफ्नो सुमधुर आवाजले मन्त्रमुग्ध बनाएका गायक हुन्, कुमार सानु । आफ्नो फरक आवाज र अन्दाजले एउटा पुस्तालाई रोमान्टिक गीतको स्वाद दिएका कुमार सानुलाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कुमार सानुका सहयोगीहरुले गायकलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। कुमार सानुलाई कोरोना संक्रमण भएपछि उनका सहयोगीहरुले गायकको स्वास्थ्यको कामाना गर्न सम्पूर्ण प्रशंसकहरुसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमा सहयोगीले लेखे, ’ दुर्भाग्यवश सानु दालाई कोरोना