स्वास्थ्य

चितवनमा १८ महिने शिशुसहित थप ११ जनामा कोरोना संक्रमण

काठमाडौं – चितवनका थप ११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भरतपुर कोभिड(१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ११ जनासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं ४, ६ र १० का २ पुरुष र ७ महिला गरी ९ जना रहेका छन् । जसमा ९ वर्षीया बालिका पनि रहेकी छिन् । त्यस्तै माडी नगरपालिका-६ र ७ का एक १८ महिने शिशु र

९०२ थपिए, ६ को मृत्यु, २२८७ डिस्चार्ज

काठमाडौं २३, भदौ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या

प्रदेश-१ प्रहरी प्रमुख (डिआइजी) कार्कीलाई कोरोना संक्रमण पुष्ट

विराटनगर २३, भदौ । प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्कीलाई कोरोना संक्रमण भएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका ५२ वर्षीय कार्कीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टिका विषयमा डिआइजी कार्कीले चिन्ता नगर्न आग्रह गरेका छन्। मंगलबार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा कार्कीको नाम पनि पोजेटिभको सूचीमा छ। ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि

उपत्यकामा ३२६ जनासहित देशभर ९७९ नयाँ संक्रमित थपिए

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ३२६ जनासहित देशभर ९७९ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । पछिल्लो

पुल्चोकमा ट्राफिक प्रहरी कुट्ने ६ जनालाई कोरोना संक्रमण

काठमाडौं । ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका मध्ये ६ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत बिहीबार रथ तान्न बेला भएका स्थानीयलाई प्रहरीले रोक्न खोज्दा भएको झडपका बेला ड्युटीमा हिँडेका ट्राफिक प्रहरी कमल घिमिरेलाई निर्घात कुटेको आरोपमा पक्राउ परेकामध्ये ६ जनालाई कोरोना देखिएको हो । पक्राउ परेका १७ जनालाई क्वारेन्टाइनमा राखेर गरिएको पीसीआर परीक्षणमा ६ जनाको पोजेटिभ रिपोर्ट आएको हो भने अझै

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?

काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ । अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । आज सोमबार बिहानसम्म कुनै पनि कोरोना संक्रमण देखिएका छैन् । हिजो आइतबार ९ सय ८०जना संक्रमण भएका मध्य ५० जिल्लामा कोरोना

तस्विरः फाइल

नेपालगन्ज २२, भदौ । कोरोना भाइरसका कारण बाँकेमा  थप एकजनाको मृत्युभएको छ ।उनी नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी हुन । उनी जिन्सी शाखामा कार्यरत रहेको खुलेको छ । नेपालगन्ज उपमहानगरपालिका ९ का ५९ बर्षका पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतवार राती साढे ८ बजेतिर मृत्युभएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । गएको १२ गते स्वास्थ्यमा समस्या आएपछि कोभिडको आशंकामा उनको १३ गते स्वाव

प्रेमी अर्जुनपछि प्रेमिका मलाइकालाई पनि कोरोना पोजेटिभ

काठमाडौं २१, भदौ । बलिउडकी चर्चित कलाकार मलाइका अरोरालाई कोरोना पोजेटिभ देखिएको छ। मलाइकाकी बहिनी अमृता अरोराले मलाइकालाई कोरोना पोजेटिभ भएको बताउनुभयो । आइतबार नै मलाइकाका प्रेमी अभिनेता अर्जुन कपूरलाई कोरोना पोजेटिभ देखिएको थियो। अर्जुनले आफू कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको थियो । भारतमा पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दो छ। पछिल्लो समय बलिउडका कलाकारलाई पनि कोरोना पोजेटिभ भएको खबरहरु बाहिरीएका छन्। यो भन्दा पहिले भारतका दिग्गज अभिनेता

तस्विरः फाइल

काठमाडौ २१, भदौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन् । मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापा ४५ वर्षीया महिला रहेका छन् । त्यसैगरी काठमाडौंका ७४, ६८ र ८५ वर्षीय, मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय

आज ९८० जना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज

काठमाडौं २१, भदौ । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।