स्वास्थ्य

न्यूजिल्याण्डमा १०२ दिनपछि स्थानीय संक्रमित भेटिएपछि ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन

काठमाडौं २८ साउन । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। हालै यात्रा नगरेका एकै परिवारका चारजनामा मंगलबार कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय संक्रमण मुक्त १०२ दिनको क्रम भंग भएको हो न्यूजिल्याण्डमा। संक्रमित व्यक्तिसँग

मंगलवार थप ६३८ सँगै कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाण्डौँ । नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० थियो । पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पर्सामा ९ प्रहरीसहित ५५ जनामा कोरोना पुष्टि

काठमाडौँ ।. केहीदिनयता नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या वढ्दो क्रममा छ । सुरुवातका दिनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाइ कोरोनाको संक्रमण नदेखिएपनी पछिल्लो समय भने देशका बिभिन्न प्रहरी युनिटहरुमा कार्यरत कर्मचारीहरुमा संक्रमण देखिएको छ । पर्सामा थप ९ प्रहरीसहित ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको स्वाब परीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमण

बाँकेमा कोरोनाको कहर, आइसोलेसन भरिभराउ

नेपालगन्ज २७, साउन । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसन सेन्टर कोरोना संक्रमितका विरामीले भरिभराउ भएको छ । संक्रमित विरामीलाई राख्ने ठाउँको अभाव भएपछि पाँचजना विरामीलाई दाङको कोरोना विशेष अस्पताल बेलझुण्डी पठाइएको छ । खजुरा आइसोलेसनमा लक्षण देखिएका विरामीहरु राख्ने गरिएको छ । ३० वेड क्षमताको यो अस्पताल विरामीले भरिभराउ छ । प्रदेश सरकारको निर्णय अनुसार भेरी अस्पताल मातहत रहने गरी यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ ।

३३८ कोरोना संक्रमित थपिए, १४० डिस्चार्ज

काठमाडौ २६, साउन । पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए

तस्विरः फाइल

काठमाडौं । पछिल्लो समय नोवेल कोरोना भाइरसले भयावह रुप लिइरहेको छ । हालसम्म विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ७ लाख २२ हजार वढि मानिसहरुले ज्यान गुमाइसकेका छन । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख २२ हजार २८५ को मृत्यु भइसकेको छ । कोरोना भाइरसका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । हालसम्म विश्वमा

काठमाडौं उपत्यकामा थप ९० जनामा कोरोना संक्रमण

काठमाडौं पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै वढिरहेको छ । नेपालका विभिन्न जिल्ला संगै काठमाडौं उपत्यकामा पनी संक्रमितको संख्या दिनप्रतिदिन  वढिरहेको छ । उपत्यकामा आइतबार मात्र थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ । यस्तै

विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ लाख ९ हजार

काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ९ हजार ५११ को मृत्यु भइसकेको छ । कोरोनाले भाइरसले सबैभन्दा बढी ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ ।चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख पुगे

काठमाडौं । नोवेल कोरोना भाइरस (COVID-19) संक्रमितको संख्या विश्वमा १ करोड ८१ लाख भन्दा वढी पुगेको छ । विश्व स्वास्थ्य संगठन (डव्लु. एच.ओ.) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख ४२ हजार ७१८ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ९१ हजार १३ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल

बलिउड अभिनेत्री मलाइका बस्ने अपार्टमेन्टमा कोरोना पुष्टि, घर नै सिल

काठमाण्डौ भारतमा यतिवेला नोबेल कोरोना भाइरस तिब्र रुपमा बढिरहेको छ । हजारौ मानिसहरु संक्रमित भेैरहेको बेलामा बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा बस्ने घरमा पनी एक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी बस्ने मुम्बइको अपार्टमेन्ट बिल्डिङमा एक जनामा कोरोना संक्रमण देखिएपछि घर नै सिल गरिएको छ । एक जनामा कोरोना देखिएपछि बुधबार मलाइका बस्ने घर मुम्बइको खारस्थित बिल्डिङ बीएमसीले सील गरेको हो । बीएमसीले बिल्डिङमा कोरोना संक्रमित रहेको सूचना