भुटानले दिने अस्ट्राजेनेका खोप शनिबार काठमाडौं आइपुग्ने
काठमाडाैं । भुटानले पैंचोमा दिन लागेको ३ लाख डोज अस्ट्राजेनेका खोप शनिबार काठमाडौं आइपुग्ने भएको छ । चार्टर्ड फ्लाइटबाट खोप आउन लागेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । मुलुकका १६ लाख ज्येष्ठ नागरिक कोभिसिल्ड खोपको दोस्रो मात्राको पर्खाइमा छन् । भुटानबाट आउन लागेको उक्त खोपको म्याद ग्रुजने मिति नजिकै भएकाले कुनै ढिलाइ बिना लगाउने तयारी भैरहेको