स्वास्थ्य

कोभिड– १९ को उपचार अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठानमा मात्र गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने बताए। उनकाअनुसार कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा मंगलबारसम्ममा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको मात्र शोधभर्ना गरिने छ। सङक्रमितले आफूले निजी अस्पतालमा उपचार गराउन चाहेको खण्डमा भने उपचार

विभिन्न देशहरुलाई अमेरिकाले ५ करोड बढी डोज खोप बाँड्ने

काठमाडौं । संसारका विभिन्न मुलुकलाई संयुक्त राज्य अमेरिकाले थप साढे ५ करोड डोज खोप बाँड्ने भएको छ । सोमबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले खोप बाँड्ने विस्तृत विवरण सार्वजनिक गरेको समाचार संस्था रोयटर्सले जनाएको हो । अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने बाँकी २५ प्रतिशत सोझै सम्बन्धित मुलुकलाई दिनेछ । पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने

बाढी पहिरोमा हराइरहेका नागरिकको खोजी तथा राहतका लागि सरकारसँग प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरामा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष दाहालले बुधबार विज्ञप्तिमार्फत पीडितको तत्काल उद्धार, राहतमा जुट्न र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गरेका हुन् । उनले बाढी पहिरो प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा खट्नका लागि पार्टीको सम्पूर्ण पङ्क्तिलाई एकीकृृत रूपमा परिचालित हुनसमेत आग्रह गरेका छन् । यस्तै, अध्यक्ष दाहालले

काठमाडौं महानगरपालिकाले आज भेरोसेल खोप लगाउदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (सोमबार) र भोलि (मंगलबार) कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न

पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री कृष्णचन्द्रले गरे दुईवटा निर्णय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेलगत्तै दुईवटा निर्णयहरु गरेका छन् । शनिबार बेलुका उनले मनसुन सुरु भएसँगै विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन् । यस्तै, महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

नेपाली सेनालाई भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । भारतले नेपाली सेनालाई कोभिड–१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई  सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आइसियु श्यया, पिपिई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ । सो अवसरमा

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइन्छ: मन्त्री तामाङ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन् । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन उत्पादन गर्नसक्ने प्लान्ट जडान भएको छ । रु ७४ लाखको लगानीमा निर्माण

जिल्ला प्रहरी कार्यालय दैलेखद्वारा गरियो स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले स्वास्थ्य कार्यालय दैलेखलाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत इच्छुक प्रहरी कर्मचारीहरुले आफ्नो तलवबाट केहि रुपैया छुट्याएर अक्सिजन कन्सेन्ट्रेटर १ थान (१० लि.) र मेडिकल अक्सिजन माक्स १० थान खरिद गरि हस्तान्तरण गरिएको हो। नेपाल लगायत विश्वभरी महामारीको रुपमा देखापरेको नयाँ भेरियन्टसहितको कोभिड १९ रोगबाट संक्रमितहरुलाई उपचारमा सहयोग तथा जोखिम नियन्त्रणमा सहजिकरण होस भन्ने उद्देश्यले उक्त अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरिएको

पछिल्लो २४ घण्टामा सङ्क्रमण हुने भन्दा कोरोना निको हुनेको संख्या वढी

काठमाडौं । शनिबार नेपालमा ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको छ । आज ८ हजार २४३ निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६८ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ । अहिले ९२ हजार

कोरोना संक्रमण दर घटेसँगै बाँकेका अस्पतालका श्यया खाली

नेपालगंज । कोरोना संक्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका श्यया खाली भएका छन् । लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० श्ययामध्ये ४४ श्यया खाली भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार अहिले भेरीमा १४१ बिरामी छन् । त्यसमा ३३ सिकिस्त रहेका छन् ।