Uncategorized

राष्ट्रियसभा सदस्यमा  राष्ट्रपतिबाट जनमोर्चाकी दुर्गा पौडेल मनोनीत

काठमाडौं । सत्ता गठबन्धन दलबिच राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भागबन्डा मिलेको छ । भागबन्डा मिलेसँगै राष्ट्रिय जनमोर्चाको भागमा मनोनीत सदस्य परेको छ ।  राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदै छ । १९ सिटका लागि गठबन्धनले सहमति जुटाइसकेको छ । बाँकी रहेको राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्य पनि भागबन्डा भएको छ । जुन भाग जनमोर्चालाई परेको हो । राष्ट्रपतिबाट मनोनीत सिटमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई

इन्टरपोलको महासभामा सहभागी हुन आइजीपी कुँवर अष्ट्रिया प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर आज (आइतबार) बिहान अष्ट्रियातर्फ प्रस्थान गरेका छन्। इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन उनीलगायतको टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त महासभा इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।नेशनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत गएका छन्। इन्टरपोलको

काजविहीन वरिष्ट सईको भरमा बाँके प्रहरी

नेपालगंज । जिल्ला प्रहरी कार्यालय बाँकेमा काजविहीन वरिष्ट सईले राज गरेकै कारण कहीँ नभएको जात्रा बाँके प्रहरीमा फेला परेको छ । एउटा काजविहीन प्रहरी अधिकृतले गर्दै आएको गलत कदमको साक्षी जिल्ला प्रहरी कार्यालय बाँके बनेको हो । कालिकोटको कुमालगाउ दरबन्दी भई गृहजिल्लाको जिल्ला प्रहरी कार्यालय बाँकेमा करिब ५/६ वर्षदेखी काजसमेत नलिएर रजगज चलाउँदै आएका प्रहरी वरिष्ठ नायब निरीक्षक माधव रिजालका कारण बाँकेको प्रहरी कमाण्ड सम्हाल्ने एसपी हुनकि प्रहरी बरिष्ट नायब निरीक्षक

धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै सर्लाही र बाँकेका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले सर्लाही र बाँकेका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । पछिल्लो समय धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै बाँकेका एसपी सन्तोषसिंह राठोर र सर्लाहीका एसपी नरेशराज सुवेदीलाई जिम्मेवारीबाट हटाइएको हो । एसपी राठोरको ठाउँमा सुवासचन्द्र बोहरा र एसपी सुवेदीको ठाउँमा प्रवीण धिताललाई पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । त्यस्तै बाँकेका सीडीओ विपीन आचार्य पनी गृहमा तानिएका छन् । उनलाई पनी धार्मिक

दोस्रोपटक कृष्णहरि पुष्कर अर्थसचिव नियुक्त

काठमाडौं । सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करलाई नियुक्त गरेको छ । शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्दै अर्थ मन्त्रालयको अर्थ सचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।  २० वैशाख ०८० मा पोखरेल अर्थ सचिव भएका थिए । पोखरेलले ४ महिनामा मात्रै अर्थ सचिवका रुपमा काम गर्न पाए ।पुष्करलाई दोस्रोपटक अर्थ सचिव पदमा जिम्मेवारी दिइएको हो । उनी यसअघि २६ साउन २०७९मा

मन्दिरबाट हराएकी बालिका मृत भेटिइन्

झापा । भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् । आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला आज दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् । खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए । रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट पाँच

प्रेस यूनियन बाँकेको अध्यक्षमा ढकाल विजयी

नेपालगंज । नेपाल प्रेस यूनियन बाँकेको नयां कार्यसमितिमा रेडियोकर्मी प्रियास्मृति ढकाल नेतृत्वको टिम विजयी भएको छ । शनिवार राती जिल्ला समन्वय समिति बाँकेको सभाहलमा सम्पन्न १२ औं जिल्ला अधिवेशनले रेडियोकर्मी ढकाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।त्यस्तै उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) नीशा शाह, सचिव भीष्म लोध, सहसचिव माया अधिकारी र कोषाध्यक्षमा खडक खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा समीर शाही, मार्शलराज सन्ज्याल, अनिल गौतम, रवि कनोजिया, सलामत अली शेष,आरती कट्टेल,

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप २ डाक्टर पक्राउ

काठमाण्डौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप दुइ जना डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौंस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरी पक्राउ परेका हुन्। शिल्पकारलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीले मोरङमा निजी क्लिनिक चलाउँदै आएका छन्। योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ

प्रचण्ड पत्नी सीता दाहालको आजै २ बजे अन्त्येष्टि गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बुधबार बिहान नर्भिक अस्पतालमा ८ः ३० बजे निधन भएको हो । उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने र आजै २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सीता नेकपा माओवादी केन्द्रका सल्लाहकारसमेत हुन् । उनको निधनसँगै प्रधानमन्त्री प्रचण्डले परिवारका तीन सदस्य

जंगली च्याउ खाँदा धनकुटामा दुई जनाको मृत्यु

काठमाडौं । धनकुटामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका-३ घर भइ धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राई र उनका ७ वर्षका छोरा सचिन रहेका छन् । प्रहरीका अनुसार गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परेका थिए । उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा लगिए पनि ठीक नभएपछि थप उपचारका लागि धरानस्थित बीपी