Uncategorized

देशभर होलीको रौनक (फोटो फिचर)

काठमाण्डौं । आज फागुन पुर्णिमा अर्थात रंगहरुको पर्व होली पर्व । काठमाडौंसहित पहाडी जिल्लामा होली पर्व मनाइँदैछ । होली पर्व असत्यमाथी सत्यको विजय भएको दिनको रुपमा रंग, अविर लगाएर खुसी साट्ने पर्वको रुपमा मनाउदै आइएको छ । आज परिवार आफन्त र साथीभाइबीच एक अर्कालाई रंग लगाएर खुसी साटासाट गर्ने गरिन्छ । आज देशभरी नै होलीको रौनक देखिएको छ । नेपाली र हिन्दुहरु मात्र नभइ विदेशी पाहुना समेत होलीमा रमेको दृष्यले उल्लास

आज रङको पर्व होली धुमधामसँग मनाइँदै

काठमाडौं । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा मनाइने होली पर्व आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा धुमधामसँग खेलिन्छ । होली रङको पर्व हो। तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । ​वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई

`पढाइ कुना´बाट आएको परिवर्तन

बर्दिया । बर्दियाको ठाकुरबाबास्थित ज्ञानोदय आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत प्रकृति थारु केही अघिसम्म आफ्नापोशाक र शैक्षिक सामग्री छरपस्ट पार्थिन् । आरती थारुकी छोरी प्रकृती आजभोलि स्कुलबाट घर फर्केपछि सबै व्यवस्थापन गर्छिन्।पढाइ कुना निर्माणले उनको दैनिकीमा परिवर्तन ल्याएको हो । प्रकृतीको घरको एक कोठालाई विभिन्न शैक्षिक सामग्रीहरू टाँसेरसिकाइमैत्री कोठा अर्थात् पढाइ कुना बनाइयो । सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारितथा बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीकाको समन्वय सहकार्यमाबालबालिकाको सिकाइ स्तर बढाउन बनाइएको पढाइ कुनाले प्रकृतीको दैनिकी कृयाकलाप फेरिएको छ । प्रकृतीको पढाइ कुनामा कापी कलम, पोसाक राख्ने ठाउँ छ । विद्यालयबाट आएपछि त्यसै कोठामा झोला र विद्यालय पोसाक राख्छिन्। हरेक दिन अभिभावकले समय दिएर छोरीको पढाइमा सहयोग गर्छन। प्रकृतीकी आमा आरती भन्छिन्, ‘पहिले हामीलाई यस्तो पढाइ कुना भन्ने थाहा थिएन्। सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारि तथानगरपालीकाले सिकाइ अनुसार घरमा पढाइ कुना बनाएपछि छोरीको घरमै पढ्ने बानी परेको छ ।’ प्रकृतीले पढाइ कुनामा हरेक दिनकरिब दुई घण्टा पढ्छिन्। बारबर्दिया नगरपालीका वडा नं. ११कि सैलीजा ढोटैली, गेरुवा गाउँपालीका वडा नं ५ को आइसा थारुको घरमा पनि पढाइ कुना छ। उनीहरेक दिन विद्यालयबाट घर आउँदा पढाइ कुना भएकै कोठामा जान्छिन्। उनले लगाउने कपडा, विद्यालयको पोसाक र शैक्षिकसामग्रीहरू त्यही राख्छिन्। उनी विद्यालयबाट दिएको गृहकार्य त्यही गर्छिन्। त्यही कोठामा पढ्छिन्। पहिले उनको घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन्। आजभोलि नियमित पढ्छिन्। घरमा बुवाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्छन्। यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनुका साथै शैक्षिक सामग्रीको सुरक्षा रव्यक्तिगत सरसफाइमा निकै सुधार भएको छ। आइसा भन्छिन्, स्याक नेपाल बाँकेले परियोजना संचालन पछि ‘पढाइ कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ। पढौं पढौं लाग्छ।पहिले घरमा पढ्नै मन लाग्दैनथियो। विद्यालय गएर पढ्ने हो जस्तो लाग्थ्यो। अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढीबढ्न मन लाग्छ।’ प्रकृती, आइसा, सैलीजाको घरमा मात्र होइन । बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका रगेरुवा गाउँपालीकाको परियोजना संचालन भएका करिब २ सय ८७ घरधुरीमा पढाइ कुना निर्माण गरिएको सिकाइ परियोजनाकापरियोजना प्रमुख लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो । प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथा बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरियानगरपालीका र गेरुवा गाउपालीको समन्वयमा पढाइ कुना बनाइएका हुन।  शर्मा भन्छन् ‘विद्यार्थीको सिकाइ स्तर कमजोर भएकापरिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घरबनाउन असल अभ्यासको सुरुवात गरेका छौं।प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथाबारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीको समन्वयमा २५ वटा विद्यालयको सेवाभित्रका २५वटा समुदायमा कक्षा १ देखि ३ सम्मका सिकाइ स्तर न्यून भएका, आर्थिक रूपमा विपन्न दलित समुदायका ७ हजार बालबालिकाहरूकालागि सिकाइ केन्द्रहरू सञ्चालन गरिएको छ । बिजय प्राथामिक बिधालय बारबर्दिया नगरपालीका वडा नं ११ प्रधानाध्यापक धरमेन्द्र थारुले पढाइ कुना र सिकाइ केन्द्र सञ्चालनभएपछि बालबालिकाको पढाइको रुचि बढेको र सिकाइ स्तरमा पनि सुधार भएको बताए । ठाकुरबाबा नगरपालीकाका कार्यलय प्रमुख रामहरि रिजालले सस्थाले बिगत लामो समयदेखि शिक्षाको क्षेत्रमा काम गरेको र सस्थालेसंचालन गरेका हरेक कृयाकलापमा नगरपालीकाको समन्वय सहकार्य रहेको छ । सस्थाले पुर्व प्राथामिक तहमा गरेको लगानी सार्थक रउपलब्धी मुलक भएको बताउनु भयो । बारबर्दिया नगरपालीका नगर प्रमुख छबिलाल थारुले प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपालबाँकेले यस बारबर्दिया नगरपालीकाको शैक्षिक गुणस्तिर बृद्धिका लागी उल्लेखनिय कार्य गरेको छ । राज्यको नजर नपुगको ठाउमासस्थाले पुर्वप्राथामिक कक्षाहरुलाइ नमुना बनाउने,आइसिटि सहयोग मार्फत प्रबिधि मैत्री सिकाइ,अभिभाक शिक्षा,भौतिक पुर्वाधारनिर्माण,र पालीका स्तरको शिक्षा निति, शिक्षा योजना, र स्थानिय पाठ्यक्रम निर्माण गर्नमा महत्वपुण भुमिका निर्वाह गरेको छ । तसर्थपरियोजना मार्फत बनाइएका घरमा सिकाइ कुना र सिकाइ केन्द्रले बालबालिकाहरूकोसिकाइमा उल्लेख्य सुधार भएको नगर प्रमुख थारुले बताए ।

लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडोको उपाधी खजुराको मंगोलियनलाई

नेपालगंज । दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगितामा बाँके खजुराको मंगोलियन जुडो डोजेले उपाधी जितेको हो । बाँकेको डुडुवा गाउँपालिकामा शनिबार सम्पन्न खेलमा मंगोलियनले ६ स्वर्ण, २ रजत र ५ कास्य जित्दै उपाधी जितेको हो । दाङ जुडो डोजोले ३ स्वर्ण, ४ रजत र ३ कास्य जित्दै दोस्रो स्थानमा रह्यो भने २ स्वर्ण, ४ रजत र ६ कास्यसहित प्रतियोगिता आयोजक कम्दी जुडो डोजो तेस्रो बन्यो । त्यस्तै बर्दिया जुडो डोजोले भने

नेपाल प्रहरीका १३९ इन्स्पेक्टरको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलवार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ । हेर्नुस् काज सरुवा सूची :

प्रधानमन्त्री प्रचण्डको काँधमा आठ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा ८ वटा मन्त्रालयको जिम्मेवारी आएको छ । शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ मन्त्रीले राजिनामा दिएसँगै रिक्त भएको मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीको काँधमा आएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण , युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालिरहेका छन् । यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय

वर्ल्ड कंग्रेसमा भाग लिन नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरी जापान प्रस्थान

काठमाडौं । वर्ल्ड कंग्रेसमा भाग लिन नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरी जापान गएका छन । म्याराथानको सफल आयोजना गरिसकेका ठकुरी यसै साता जापानको ओशाकामा हुने एम्सको २३ औं वर्ल्ड कंग्रेसमा भाग लिन गएका हुन । मंगलबार नेपालगन्ज म्याराथानको नेपाल रनिङ विमोचन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले ठकुरीलाई जापानको लागी विदाई गरे । वर्ल्ड कंग्रेस फागुन ११ देखि १३ गते सम्म हुने कार्यक्रमका लागि विदाई गर्दै

डीआईजी सिंहले दिए राजीनामा

काठमाडौं । उमेर विवादमा परेका डिआइजी अशोक सिंहले राजीनामा दिएका छन्। नागरिकतामा जन्ममिति नमिलेपछि छानविनमा परेका डीआईजी सिंहले आज बुधबार राजीनामा दिएका हुन् । हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका रुपमा प्रमुख सिंहले प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ ।  जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो

नाबालिका बलात्कार आरोपमा एक युवाक पक्राउ

गलकोट । नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार यही जेठ २७ गते बालिका दिदीको घर जाँदै गर्दा उनलाई डरधम्की देखाएर बाटोमै बलात्कार गरेका थिए ।    

इङ्ल्यान्डलाई १५७ रनले हराउदै भारत विजयी

काठमाडौं । पहिलो इनिङ्समा खराब प्रदर्शन गरेपनि दोस्रो इनिङ्समा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले चौथो टेस्टमा इङ्ल्यान्डलाई १५७ रनले हराएको छ । दोस्रो इनिङ्समा ४६६ रन बनाएपछि इङ्ल्यान्डले जितका लागि ३६८ रनको लक्ष्य पाएको थियो । अघिल्लो दिन इङ्ल्यान्डले विना विकेट क्षति ७७ रन बनाएको थियो । त्यसैले अन्तिम दिन इङ्ल्यान्डलाई जितका लागि २९१ रनको आवश्यकता थियो । तर, घरेलु टोली इङ्ल्यान्डले १५७ रन बनाउँदा सबै विकेट गुमायो । जितसँगै भारतले