आयल निगमले घटायो इन्धनको मूल्य
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रुपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक)मा २० रुपैयाँ कम गरेको छ । निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७५ रुपैयाँ डिजेल र मट्टीतेल १७२ रुपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १७८