फिफा विश्वकप : आज नकआउट चरणका दुई खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (शनिबार) बाट नकआउट अर्थात् राउण्ड अफ १६ का खेलहरु सुरु हुँदैछ । शनिबार राउण्ड अफ १६ अन्र्गत दुई खेलहरु हुनेछन् । राउण्ड अफ १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेका छन् । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै