खेलकुद

वेस्टइन्डिजविरुद्ध बंगलादेशको विशाल अग्रता

काठमाडौं । बंगलादेशले वेस्टइन्डिजविरुद्ध पहिलो टेष्ट खेलमा विशाल अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा बंगलादेशले २ सय १८ रनको अग्रता लिएको छ । दोस्रो इनिङमा बंगलादेश २० ओभरमा ४७–३ को अवस्थामा छ । कप्तान मोमिनुल हक ३१ र मुश्फिकुर रहिम १० रनमा अविजित छन् । शादमान ईस्लाम ५, तमिम इकबाल र नज्मुल सान्टोले खाता खोल्न सकेनन् । वेस्टइन्डिजका स्पिनर रेहकम कर्नवालले २ विकेट लिए । त्यसअघि वेस्टइन्डिज पहिलो इनिङमा

रोनाल्डोको दुई गोलको मद्दतमा युभेन्टस जीत

एजेन्सी । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्टसले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई उसकै मैदानमा २–१ को ले पराजित गरेको छ । युभेन्टसले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो । यस जितसँगै युभेन्टसले दुई साता अघि इटालियन सिरी ‘ए’ मा भोगेको २–० को हारको बदला लिन सफल भएको छ । मिलानोमा मंगलबार राति भएको खेलमा सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो

रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति एथलेटिको बिल्वाओमाथि २–१ को जित निकाल्दै बार्सिलोनाले रियललाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । नोउक्याम्पमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनले गोल गर्दा बिल्वाओले जोर्डी अल्वाबाट उपहार गोल पाएको थियो । यससँगै बार्सिलोनाले दुई साताअघिस्पेनिस सुपरकपको फाइनलमा भोगेको हारको बदला लिएको छ

एपिएफलाई ३३ रनले हराउँदै आर्मी प्रधानमन्त्री कपमा विजयी

काठमाडौं । त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले पहिलो उपाधि जितेको हो । विजेता आर्मीले १० लाख र उपविजेताले एपिएफले ५ लाख रुपैयाँ पाउने छन् । अन्तिम चार रन जोड्न ४ विकेट गुमाएपछि एपिएफ पराजित हुन पुगेको हो । जितका लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १ सय

प्रधानमन्त्री कप फाइनल खेलमा एपीएफविरुद्ध आर्मीले ब्याटिङ गर्दै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले प्रतिस्पर्धा गर्दै छन् । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा एपीएपफले टस जितेर पहिले बलिङ गर्ने भएको छ । एपीएफविरुद्ध आर्मीले केही बेरमा ब्याटिङ थाल्नेछ । आजको खेलमा दुबै टोली उपाधि जित्ने योजनामा रहे toका छन् । चौथोपटक फाइनलमा पुगेको आर्मी क्लब योपटक भने उपाधि आफ्नो पक्षमा पार्ने

सावित्राको ह्याट्रिक संगै राष्ट्रिय महिला लिगमा एपिएफको चौथो जित

काठमाडौं । गोल मेसिन सावित्रा भण्डारी ‘साम्वा’ को ह्याट्रिक सहयोगमा नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा लगातार चौथो जित दर्ता गर्दा विभागीय नेपाल पुलिस क्लबमाथि सहज जित हात पारेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसमाथि ३–० को सहज जित निकालेको हो । खेलको पाँचौ मिनेटमा कप्तान अनिता बस्नेतले गोलरक्षक अघि बढेको अवस्थामा गरेको प्रहार पोस्टमाथिबाट थोरै आकासिदा एपिएफ अग्रता लिनबाट चुक्यो । १५औं मिनेटमा सावित्रा

सावित्राको चार गोलले राष्ट्रिय महिला फुटबलमा एपिएफ विजयी

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो । एपिएफ क्लबको यो लगातार दोस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले मध्यान्तरअघि नै ४–० गोलको अग्रता बनाएको थियो । मध्यान्तरपछिको खेलमा एपिएफले थप तीन गोल गर्यो । खेलको नवौँ मिनेटमा एपिएफकी

मेस्सी विना बार्सिलोनाको अर्को विजयी

एजेन्सी । सुपर स्टार लिओनल मेस्सी विना बार्सिलोनाले स्पेनिस ला लिगामा जित हासिल गरेको छ । बार्सिलोनाले आइतबारको खेलमा इल्चेलाई २–० ले पराजित गरेको थियो । अवे खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुगइले गोल गरे । खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा पुगइले गोल थपे । मेस्सी प्रतिबन्धका कारण आइतबारको खेलमा थिएनन् । स्पेनिस

इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा श्रीलंकाको बलियो अग्रता

एजेन्सी । इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकाले बलियो अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड २ सय ८३ रनले पछि परेको छ । पहिलो इनिङ थालेको इंग्ल्यान्ड ३० ओभरमा ९८–२ को अवस्थामा छ । इंग्ल्यान्डका कप्तान जो रुट ७७ बलमा १० चौका सहित ६७ रनमा अविजित छन् । जोनी बेयरस्टो ६५ बलमा ४ चौका सहित २४ रनमा अविजित छन् । तेस्रो विकेटका लागि रुट र बेयरस्टोले ९३

मेस्सीविना बार्सिलोना विजयी

एजेन्सी । प्रतिबन्धका कारण टोली बाहिर रहेका कप्तान लियोनेल मेस्सीविनै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस कोपा डेल रेको अन्तिम ३२ को खेलमा तेस्रो श्रेणीको टोली युई कोर्नेलामाथि २–० को जित निकालेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको कोर्नेलाविरुद्ध अतिरिक्त समयमा जित निकालेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र मार्टिन ब्रेथवेटले गोल गरे । दुवै गोलमा पेड्रीको असिस्ट दिएका दिएका थिए । कोर्नेलाविरुद्ध बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका अधिकांश खेलाडीलाई