ब्राजिल र स्पेनले रंगभेदविरुद्ध खेल्ने
एजेन्सी – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले आफ्नो टोलीका सदस्य भिनिसियस जुनियरको समर्थनमा रंगभेदविरुद्धको एक भागको रूपमा अर्को वर्षको मार्चमा स्पेनसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेल ब्राजिली विंगर भिनिसियसको क्लब रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । भिनिसियस विगतको अभियानमा रियलबाट खेल्दा स्पेनमा धेरै पटक जातीय दुव्र्यवहारको निशाना बनेका थिए । ‘फुटबलमा जातीय अपमानको लागि कुनै ठाउँ छैन ।’ स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुवियालेसले भने ।