आईसीसी विश्वकप लिग २ : पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित
आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत सोमबार भएको खेलमा पपुवा न्युगिनी(पीएनजी)माथि नेपालले कीर्तिमानी जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो । जितका लागि पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३३ रन र अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए । कुशल मल्लले अविजित