जीवनशैली

शिक्षाबाट कोही बन्चित हुनु हुदैन: मन्त्री विक

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-३ स्थित श्री हिमाल आधारभूत बिद्यालय मिर्चैयाको ३ कोठे नयाँ भबनको उदघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले एक कार्यक्रमकाबीच उक्त भबनको उदघाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री विकले समाज परिबर्तन र देश बिकासका लागी शिक्षा पहिलो आधार भएको बताउँदै शिक्षा क्षेत्र लाई राज्यले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कोहि पनि बालबालिका अभाब र गरीबीका कारण बिधालयबाट टाढा र शिक्षाबाट

परीक्षा दिन हिडेका ईश्वर अझै भेटिएनन

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किएका थिए । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँडेका उनी क्याम्पस पुगेनन् । सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर फर्किएनन् । घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गरे । बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोष्टमार्टम रिपोर्टवाट पुष्टि

काठमाडौं । गत बुधबार विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले उनको शवको पोष्टमार्टम रिपोर्टबाट बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टी भएको बताएको हो । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी उत्तमराज सुवेदीले शवको पोष्टमार्टमबाट बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको रिपोर्ट प्राप्त भएको बताए । ‘भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टम रिपोर्ट आएको छ, टेक्निकल र

भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमले भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको रिपोर्ट दिएका छन् । भट्टको टाउको र हातमा चोट लागेको, यौनांगमा घाउ र घाँटीमा पनि निलडाम भएकाे प्रहरी स्राेतले जनाएकाे छ । भट्टको हत्या अनुसन्धान गर्न सुदूरपश्चिम प्रहरी कार्यालयका

लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्दा एकजना युवाको गोली लागेर मृत्यु

काठमाण्डौं । अमेरिकाको नासभिलमा युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्ने एकजना युवाको गोली लागेर मृत्यु भएको छ । नासभिल विजनेशको पार्किङ लटमा शुक्रबार राती युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउँदै गर्दा गोली हानिएको थियो । २० बर्षका तिमोथी विल्कस र उनका साथीले उक्त भिडियो बनाउँदै थिए । उनीहरु एउटा चक्कु बोकेर मान्छेहरुको समुहतिर आएका थिए । उक्त समुहमा डेभिड स्टान्र्सनामका २३ बर्षका व्यक्ति समेत थिए । उनले चक्कु बोकेर

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

कैलाली । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेमा काजल विक र अञ्जु जैगढी छन्

सम्बन्ध विच्छेद भएको एक साता नवित्दै लाहुरे दप्पतीको पुनर्मिलन

काठमाडौं । सामाजिक संजालहरु र बिशेष गरि युट्युवमा चर्चामा रहेको गोरखाका एक दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको पुनर्मिलन भएको छ । शुक्रबार श्रीमान श्रीमतिको रुपमा एक अर्कामा स्वीकार गर्दै गोरखाको पालुङ्टार नगरपालिका ९ को वडा कार्यालयमै पुनर्मिलन गराइएको हो । वडा अध्यक्ष भेषराज पाण्डेले राहुल र स्मितालाई खादा लगाइदिएर पनर्मिलन भएको घोषणा गर्दै शुभकामन दिए । करिब १० बर्षदेखि भारतीय सेनामा कार्यरत रहेका राहुलकी श्रीमति स्मिताले उनका परिवार

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ निष्काशन, न्यूनतम १० देखी अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले आज माघ २३ गते देखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता तथा स्थानिय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका

पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित पुष्टि, एकको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार केही दिनयता कोरोना संक्रमणबाट निधन हुने र संक्रमित हुनेको संख्या घट्दै गएको छ । आज देशैभरी गरिएको २,९४६ नमुना परीक्षणमा उपत्यकाका ६५ जनासहित १७१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ७१ र पुरुष १०० जना रहेका छन् । आज थपिएका १७१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २

असुरक्षा र हिंसात्मक घटनाका कारण मध्य अफ्रिकाबाट दुई लाखजना विस्थापित

संयुक्त राष्ट्रसंघ । अत्यधिक असुरक्षा र हिंसात्मक घटनाहरुका कारण गणतन्त्र मध्य अफ्रिकाबाट दुई महिनामा दुई लाखजना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार ९० हजारभन्दा बढी शरणार्थी कंगोमा विस्थापित भएका छन् । प्रवक्ता स्टेफन डुजार्रिकले अरु १३ हजारजना क्यामरुन, चादलगायतका देशमा शरणार्थी बन्न बाध्य भएको जानकारी दिए । ‘‘राजनीतिक विवाद र सशस्त्र द्वन्द्वका कारण मध्य अफ्रिकाका हजारौँ मानिस विस्थापित भएका छन्,’’ नियमित पत्रकार सम्मेलनमा डुजार्रिकले भने ।