जीवनशैली

सप्तरीमा ट्र्याक्टर दुर्घटना एकको मृत्यु चार जना घाइते

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।   दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्र्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्र्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार

सुत्केरीलाई कोरोना संक्रमितसंग राखेको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले दिए राजिनामा

काठमाडौं । सुत्केरीलाई कोरोना संक्रमितसँगै राखेर उपचार गरेको भिडियो सार्वजनिक भएपछि मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् ।   उख्नाको राजीनामा बिहीबार संसदले पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । संसदमा ९५ प्रतिशत सांसदले प्रधानमन्त्रीको राजीनामाको पक्षमा मतदान गरेका जनाइएको छ । एक अस्पतालमा सुत्केरी र नवजात शिशुसँग कोरोनाभाइरस संक्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीको चौतर्फी विरोध भएको थियो । विरोधसँगै आन्दोलन चर्किएको थियो । उनले गल्ती

कोरोना भाइरसविरुद्धको दश लाख डोज खोप आइपुग्यो नेपाल, औषधि सेवन गरेकालाई असर गर्ने

काठमाडौँ । नेपालमा कोभिड–१९ संक्रमण देखिएको एक वर्षपछि नेपाली नागरिकले भारत सरकारको सहयोग स्वरुप कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् । भारत सरकारले अनुदानस्वरुप दिएको कोरोना भाइरसविरुद्धको दश लाख डोज खोप नेपाल आइपुगेको छ । बिहीबार बिहान ११ः ४८ बजे एयर इण्डियाको जहाजमार्फत खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो । विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई उक्त खोप हस्तान्तरण गरेकाे छ । सो खोप हस्तान्तरणपछि सिधै टेकूस्थित राष्ट्रिय खोप भण्डार

सर्लाहीमा वस दुर्घटना हुदाँ दुई जनाको ज्यान गयो

सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।   पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।   दाङबाट काँकडभिट्टातर्फ हिँडेको ना

रुकुम पुर्वमा अटो दुर्घटना हुँदा चालकको मृत्यु दुईजना घाइते

रुकुम पुर्व । रुकुम पूर्वको भुमे गाउँपालिका-१ लुकुममा अटो दुर्घटना हुँदा अटो चालकको ज्यान गएको छ भने दुई जना यात्रु घाइते भएका छन् । रा १ ह ४०९९ नम्बरको अटो दुर्घटना हुँदा १७ वर्षका चालक आशिष विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।   अटोमा यात्रा गरिरहेका १४ वर्षकी अञ्जली विक र १५ वर्षकी एलिना विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका रुकुम पुर्वका प्रहरी निरीक्षक दिपेन्द्र

नेपाली सेनाले स्वर्गद्धारीमा वनायो ‘स्वर्ग’ बाटिका

प्युठान । नेपाली सेनाले प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्धारी मन्दिर परिसरमा सुबिधा सम्पन्न पानीको फोहरा सहितको ‘स्वर्ग’ बाटिका बनाएको छ। नेपाली सेनाको ईन्द्रध्वज गणले स्वर्गद्धारी नगरपालिका – २ मा बाटिका बनाएर मन्दिर ब्यबस्थापन समितीलाई हस्तान्तरण गरेको हो।   नेपाली सेनाको सामाजिक आर्थिक पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गत २५ लाख लगानीमा म्युजिकल वाटर फाउन्टेन बनेको इन्द्रध्वज गण प्युठानका गणपति अर्जुन बिक्रम थापाले जानकारी दिए । यसले स्वर्गद्धारीको पर्यटकीय विकासमा टेवा पुग्ने छ

भारतले आजबाट नेपालसहितका छिमेकीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउदै

काठमाडौं । भारतले आज वुधवारवाट नेपालसहित नजिकका छिमेकीको लागि कोरोनाविरुद्धक खोप उपलब्ध गराउने जनाएको छ । भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ । भारतमा निर्मित खोपहरुको आपूर्तिका लागि अनुरोध गरेका छिमेकी देशहरुलाई खोप उपलब्ध गराउन लागिएको हो । अनुदान सहायता अन्तर्गत खोप उपलब्ध गराउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ । भारतले यसअघि त्यहाँ निर्मित कोरोनाविरुद्धको खोप लगाउन

भारतले आजबाट नेपालसहितका छिमेकीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउदै

काठमाडौं । भारतले आज वुधवारवाट नेपालसहित नजिकका छिमेकीको लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ । भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ । भारतमा निर्मित खोपहरुको आपूर्तिका लागि अनुरोध गरेका छिमेकी देशहरुलाई खोप उपलब्ध गराउन लागिएको हो । अनुदान सहायता अन्तर्गत खोप उपलब्ध गराउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ । भारतले यसअघि त्यहाँ निर्मित कोरोनाविरुद्धको खोप लगाउन

मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ ।   प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँका दरले इन्धनको मूल्य बढेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको निगमले जनाएको छ ।   निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ ।   यसअघि प्रति १५