जीवनशैली

संघर्षमा पुनः उत्रिए मिटरब्याजीपीडित

काठमाडौं । मिटरब्याजपीडित पुनः आन्दोलित भएका छन् । मिटरब्याजपीडितलाई कानुनी न्याय दिन सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजीपीडित पुनः संघर्षमा उत्रिएका हुन् । पीडितले आइतबार मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले मिटरब्याज विरुद्धको नयाँ कानून पारित गराउन माग गर्दै माइतीघरबाट प्रदर्शन गरेका छन् । साथै, उनीहरुले नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रर्दशन गरेका छन् । मिटरब्याज पीडितहरूले सरकारले जाँचबुझ र अनुसन्धानका नाममा जिल्लामा

पहिरोले पुरिँदा अर्घाखाँचीमा ३ बालबालिकाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ। पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए। मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी बताए। पहिरोमा परि सचिन रास्कोटी सामान्य घाइते भएका छन् । उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड २८ घण्टापछि सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार साँझ २८ घण्टापछि सञ्चालनमा आयो । तर, अझैपनि ढुङ्गा खस्न भने रोकिएको छैन । माथिबाट खसेका ढुङ्गा लागेर पल्टिएका मोटरसाइकल, सिसा फुटेका गाडीका तस्बिर सामाजिक सञ्जालमा छरिएका छन् । केही मानिसहरु ढुङ्गा खस्दै गर्दा सवारी साधन छोडेर भाग्दै गरेका भिडियो पनि पनि देखिएका छन् । यस सडकखण्ड पहिरोका कारण प्रत्येक वर्ष अबरुद्ध हुँदै आएको छ । बर्खा लागेसँगै पहिरो खस्नु नयाँ होइन

पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी

पाँचथर । पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन् । उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

बाढीपहिरोमा बेपत्ता २२ जनाको पहिचान खुल्यो

काठमाडौं । सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए

कालिकोटमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।​ काललीकोट शुभकालीका गाउँपालिका- ६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडीबाट शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताए । मृत्यु हुनेमा चालक शुभकालीका- २ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका-८ का ३१ वर्षीय

जंगली च्याउ खाँदा धनकुटामा दुई जनाको मृत्यु

काठमाडौं । धनकुटामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका-३ घर भइ धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राई र उनका ७ वर्षका छोरा सचिन रहेका छन् । प्रहरीका अनुसार गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परेका थिए । उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा लगिए पनि ठीक नभएपछि थप उपचारका लागि धरानस्थित बीपी

एकै सिजनमा ११ जनाले सगरमाथामा गुमाए ज्यान

काठमाडौं । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाले ज्यान गुमाएका छन् । शुक्रबार मात्रै एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ जना पुगेको हो । मलेशियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परे पछि आधारशिविर ल्याईएको थियो, उनको सोही क्रममा मृत्यु भएको हो । अर्का एकजनाको भने पहिचान खुल्न बाँकी छ । यस सिजनमा

बस र मोटरसाइकल ठोक्किँदा तारकेश्वरमा एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु हो ।  मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ । दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

ताप्लेजुङमा चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु, बुवा आमा घाइते

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो । चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।