जीवनशैली

ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१०, चौबिसकोठीमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका भरतपुर महानगरपालिका–९ बस्ने ६८ वर्षीय महेन्द्रप्रसाद पौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  हाकिमचोकबाट चौबिसकोठीतर्फ जाँदै गरेको बा २ क ८३४९ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई आज बिहान साढे ९ बजे ठक्कर दिएको हो ।

सेती खोंचमा खसेर १२ वर्षीया बालिकाको मृत्यु

कास्की । पोखराको सेती खोंचमा खसेर एक बालिकाको मृत्यु भएको छ । शनिबार पोखरा–१५ स्थित सीताराम पुलनेरको चिरा परेको जमिनमा १२ वर्षीया स्मृति पराजुली खसेकी थिइन् । उनको उद्धार गरेपनि अस्पतालले अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । पोखरा ८ नागढुंगा बस्ने पराजुली साथीहरुसँग घुम्नका लागि सो ठाउँ पुगेको बताइएको छ । शनिबार दिउँसो ३ बजेतिर उनी सेती खोंचमा खसेको कास्की प्रहरीले जनाएको छ । ती बालिका खसेसँगै जनपद

बैतडी जीप दुर्घटना:एकै ठाउँका ६ जनाको मृत्यु, चालक सम्पर्कविहीन

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी,

ठूलो परिमाणको गाँजासहित  चितवनबाट एक जना पक्राउ

चितवन । राप्ती नगरपालिका-१ लोथरबाट १ सय ८१ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत पुर्वी चम्पारण बिहार रक्सोल-८ बस्ने ३० वर्षीय कुन्दन पटेललाई शुक्रबार बिहान उक्त लागुऔषाधसहित प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले बीआर ०६ जी २१२८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको

ग्यास बोकेको ट्यांकर दुर्घटना: एकको मृत्यु,एक जना गम्भीर घाइते

काठमाडौं । एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए । दुर्घटनामा परेर अर्का एक

देशभर होलीको रौनक (फोटो फिचर)

काठमाण्डौं । आज फागुन पुर्णिमा अर्थात रंगहरुको पर्व होली पर्व । काठमाडौंसहित पहाडी जिल्लामा होली पर्व मनाइँदैछ । होली पर्व असत्यमाथी सत्यको विजय भएको दिनको रुपमा रंग, अविर लगाएर खुसी साट्ने पर्वको रुपमा मनाउदै आइएको छ । आज परिवार आफन्त र साथीभाइबीच एक अर्कालाई रंग लगाएर खुसी साटासाट गर्ने गरिन्छ । आज देशभरी नै होलीको रौनक देखिएको छ । नेपाली र हिन्दुहरु मात्र नभइ विदेशी पाहुना समेत होलीमा रमेको दृष्यले उल्लास

`पढाइ कुना´बाट आएको परिवर्तन

बर्दिया । बर्दियाको ठाकुरबाबास्थित ज्ञानोदय आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत प्रकृति थारु केही अघिसम्म आफ्नापोशाक र शैक्षिक सामग्री छरपस्ट पार्थिन् । आरती थारुकी छोरी प्रकृती आजभोलि स्कुलबाट घर फर्केपछि सबै व्यवस्थापन गर्छिन्।पढाइ कुना निर्माणले उनको दैनिकीमा परिवर्तन ल्याएको हो । प्रकृतीको घरको एक कोठालाई विभिन्न शैक्षिक सामग्रीहरू टाँसेरसिकाइमैत्री कोठा अर्थात् पढाइ कुना बनाइयो । सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारितथा बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीकाको समन्वय सहकार्यमाबालबालिकाको सिकाइ स्तर बढाउन बनाइएको पढाइ कुनाले प्रकृतीको दैनिकी कृयाकलाप फेरिएको छ । प्रकृतीको पढाइ कुनामा कापी कलम, पोसाक राख्ने ठाउँ छ । विद्यालयबाट आएपछि त्यसै कोठामा झोला र विद्यालय पोसाक राख्छिन्। हरेक दिन अभिभावकले समय दिएर छोरीको पढाइमा सहयोग गर्छन। प्रकृतीकी आमा आरती भन्छिन्, ‘पहिले हामीलाई यस्तो पढाइ कुना भन्ने थाहा थिएन्। सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारि तथानगरपालीकाले सिकाइ अनुसार घरमा पढाइ कुना बनाएपछि छोरीको घरमै पढ्ने बानी परेको छ ।’ प्रकृतीले पढाइ कुनामा हरेक दिनकरिब दुई घण्टा पढ्छिन्। बारबर्दिया नगरपालीका वडा नं. ११कि सैलीजा ढोटैली, गेरुवा गाउँपालीका वडा नं ५ को आइसा थारुको घरमा पनि पढाइ कुना छ। उनीहरेक दिन विद्यालयबाट घर आउँदा पढाइ कुना भएकै कोठामा जान्छिन्। उनले लगाउने कपडा, विद्यालयको पोसाक र शैक्षिकसामग्रीहरू त्यही राख्छिन्। उनी विद्यालयबाट दिएको गृहकार्य त्यही गर्छिन्। त्यही कोठामा पढ्छिन्। पहिले उनको घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन्। आजभोलि नियमित पढ्छिन्। घरमा बुवाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्छन्। यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनुका साथै शैक्षिक सामग्रीको सुरक्षा रव्यक्तिगत सरसफाइमा निकै सुधार भएको छ। आइसा भन्छिन्, स्याक नेपाल बाँकेले परियोजना संचालन पछि ‘पढाइ कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ। पढौं पढौं लाग्छ।पहिले घरमा पढ्नै मन लाग्दैनथियो। विद्यालय गएर पढ्ने हो जस्तो लाग्थ्यो। अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढीबढ्न मन लाग्छ।’ प्रकृती, आइसा, सैलीजाको घरमा मात्र होइन । बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका रगेरुवा गाउँपालीकाको परियोजना संचालन भएका करिब २ सय ८७ घरधुरीमा पढाइ कुना निर्माण गरिएको सिकाइ परियोजनाकापरियोजना प्रमुख लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो । प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथा बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरियानगरपालीका र गेरुवा गाउपालीको समन्वयमा पढाइ कुना बनाइएका हुन।  शर्मा भन्छन् ‘विद्यार्थीको सिकाइ स्तर कमजोर भएकापरिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घरबनाउन असल अभ्यासको सुरुवात गरेका छौं।प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथाबारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीको समन्वयमा २५ वटा विद्यालयको सेवाभित्रका २५वटा समुदायमा कक्षा १ देखि ३ सम्मका सिकाइ स्तर न्यून भएका, आर्थिक रूपमा विपन्न दलित समुदायका ७ हजार बालबालिकाहरूकालागि सिकाइ केन्द्रहरू सञ्चालन गरिएको छ । बिजय प्राथामिक बिधालय बारबर्दिया नगरपालीका वडा नं ११ प्रधानाध्यापक धरमेन्द्र थारुले पढाइ कुना र सिकाइ केन्द्र सञ्चालनभएपछि बालबालिकाको पढाइको रुचि बढेको र सिकाइ स्तरमा पनि सुधार भएको बताए । ठाकुरबाबा नगरपालीकाका कार्यलय प्रमुख रामहरि रिजालले सस्थाले बिगत लामो समयदेखि शिक्षाको क्षेत्रमा काम गरेको र सस्थालेसंचालन गरेका हरेक कृयाकलापमा नगरपालीकाको समन्वय सहकार्य रहेको छ । सस्थाले पुर्व प्राथामिक तहमा गरेको लगानी सार्थक रउपलब्धी मुलक भएको बताउनु भयो । बारबर्दिया नगरपालीका नगर प्रमुख छबिलाल थारुले प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपालबाँकेले यस बारबर्दिया नगरपालीकाको शैक्षिक गुणस्तिर बृद्धिका लागी उल्लेखनिय कार्य गरेको छ । राज्यको नजर नपुगको ठाउमासस्थाले पुर्वप्राथामिक कक्षाहरुलाइ नमुना बनाउने,आइसिटि सहयोग मार्फत प्रबिधि मैत्री सिकाइ,अभिभाक शिक्षा,भौतिक पुर्वाधारनिर्माण,र पालीका स्तरको शिक्षा निति, शिक्षा योजना, र स्थानिय पाठ्यक्रम निर्माण गर्नमा महत्वपुण भुमिका निर्वाह गरेको छ । तसर्थपरियोजना मार्फत बनाइएका घरमा सिकाइ कुना र सिकाइ केन्द्रले बालबालिकाहरूकोसिकाइमा उल्लेख्य सुधार भएको नगर प्रमुख थारुले बताए ।

सोमालियामा ५० लाख नागरिक खाद्य सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि ५० लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए । यहाँ खाद्य सङ्कटमा परेका मध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ । खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय

सौतेनी आमाको कुटाइबाट बालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१, टकुचामा कुटपिटबाट एक बालकको मृत्यु भएको छ । बनेपा नगरपालिका-१, टकुचा नालामा मजदुरी गर्दै आएका एक दम्पतीले कुटपिट गर्दा तीन वर्षीय बालकको मृत्यु भएको हो । दाङको घोराही नगरपालिका–९ स्थायी घर भई हाल बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाले तीन वर्षीय छोरा विमल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिलकराम विमलका बाबु र उर्मिला

हुम्लाका मिलन झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० स्थित इत्राम खोला पुलमा हुम्ला घर भएका २४ वर्षका मिलन बुमी झुन्डिएको अवस्थामा मृत भेटिएका छन । मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ वासिन्दा रहेको प्रहरीले जनाएको छ । उनी केहि समयदेखि वीरेन्द्रनगर १० बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।