जीवनशैली

जाजरकोटमा जीप दुर्घटना हुंदा चालकसहित ११ जनाको मृत्यु

सुर्खेत । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ४ मा बोलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका ५ खातिजेवाबाट नगर अस्पतालमा उपचार गर्नका लागि विरामी लिई जादै गर्दा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटकाले जनाएको छ । कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक नविन चदालिले जानकारी

नवलपुरमा जिप दुर्घटना, दुई जनाको मृत्यु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४-००१ज-०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका-५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिए । घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । अहिले

ट्यांकरमा मोटरसाइकल ठोक्किँदा भक्तपुरमा एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा मोटरसाइकल ट्यांकरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार सवा ७ बजे भक्तपुर नगरपालिका-१ नगरकोट मोड जय नेपाल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। कालोपाटीबाट सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ४२६८ नम्बरको पानी ट्यांकरमा ठोक्किएको थियो। मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने

मिर्चैयामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको मृत्यु

सिरहा । सिरहाको मिर्चैयास्थित पोखरीमा डुबेर तीन जना भारतीय बालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–१ स्थित जेके इट्टा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगंजका नन्दलाल दासका १० वर्षीय छोरा नितेशको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो । इट्टा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल

२२ दिनमा ६ पटक भूकम्पको धक्का

डोटी । नेपालमा पछिल्लो २२ दिनमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म ६ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका ६ पटकसम्म भूकम्प गएको हो । कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ रेक्टर स्केलको थियो । सोही दिन तीन बजेर ५३ मिनेटमा पुनः सिन्धुपाल्चोक नै केन्द्र बनाएर

डोटीमा भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु

धनगढी । डोटीमा बुधवार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।  गाउँपालिका अध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ ।  उनीहरुको सनाखत हुन बाँकी छ ।  अन्य घाइतेको उद्दार गरिएको  अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाको टोली

ढोरपाटन आरक्षमा सिकार गर्दै रमाउँदै पर्यटक

बागलुङ । ढोरपाटन सिकार आरक्षमा वर्षको पहिलो सिकार याम चलिरहेको छ । विदेशी सिकारी नाउर र झारलको सिकारमा रमाइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो याममा नौ नाउर र छ झारलको सिकार अनुमति दिएको थियो । केही सिकारी सिकार खेलेर फर्किसकेका छन् भने कोही आरक्ष पुग्ने सुरसारमा छन् । सिकार कम्पनी ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीका अनुसार तोकिएका कोटामध्ये पाँच नाउर र दुई झारलको सिकार

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

कावासोती । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता- ४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो ।

मनकामना बस दुर्घटना: पाँचको मृत्यु, २५ जना घाइते

काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शनालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान ४ बजे भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा परि २५ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको प्रहरीले जनएको छ।

अर्घाखाँची एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुंदा २ जनाको मृत्यु

सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । गएराती एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो । प्रदेश नम्बर २–०३८.प.५०३२ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क- १ का २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए । अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा