प्रवास

नेपाल मगर कतार शाखाले मनायो 'माघ्या सकराटी' (फोटो फिचर)

दर्शन सुनार/कतार : ‘सम्पुर्ण मगरहरुको एकता-अहिलेको आवश्यकता’ भन्ने मूल नाराका साथ नेपाल मगर संघ कतार शाखाले ‘माघ्या सकराटी’ भव्य रुपमा सम्पन्न गरेको छ । संघले मगरहरुको राष्ट्रिय प्रमुख चाड ‘माघ्या सकराटी’ ( मगर मिनाम ल्हेस ५०१७)  २०२४ को अवसर पारेर नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार अल अरबी स्पोर्ट्स क्लबमा ‘माघ्या सकराटी’ वनभोज तथा वृहत् सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको हो । संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व

'माघ्या सकराटी वनभोज तथा सांस्कृतिक कार्यक्रम'को लागि कतार आइपुगे कलाकार

दर्शन सुनार/कतार : नेपाल मगर संघ कतार शाखाको आयोजनामा शुक्रबार हुन लागेको मगरहरुको राष्ट्रिय प्रमुख चाड ‘माघ्या सकराटी-२०२४ वृहत वनभोज तथा सांस्कृतिक कार्यक्रम’को लागि सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित कलाकारहरु कतार आईपुगेका छन्। नेपालबाट आमन्त्रित गायक तथा हास्यकलाकार अर्जुन कुवर केही दिन पहिले नै कतार आईपुगेका थिए।भने, मगंलबार राती लोक तथा दोहोरी गायिका रुसमा सिजांली मगर ( रुपी) र मोडल तथा डान्सर अस्मिता राना मगर बुधबार राति कतार आईपुगेका हुन्।

राम कुमारी झाँक्रीसँग गुल्मी सेवा समाज कतारको स्नेह मिलन

दर्शन सुनार/कतार : गुल्मी सेवा समाज कतारले नेपाल कम्युनिस्ट पाटी ( एकीकृत समाजबादी) का केन्द्रिय सचिव एवम् नेपाल सरकारका पुर्व शहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग स्नेह मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रवासी नेपाली एकता मञ्चको अधिवेशनलाई सम्बोधन गर्न आएको अवसर पारेर समाजले एक कार्यक्रमको आयोजना गर्दै झार्कीसँग स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको हो । समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व तथा नेपाल सरकारका पुर्व शहरी विकास मन्त्री राम

'गैर आवासीय नेपाली तारा सिजन ४' : तेस्रो चरणको अडिसनबाट ५/५ जना फाइनलमा

दर्शन सुनार, कतार : गैर आवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा  ‘गैर आवासीय नेपाली तारा (२०२३) सिजन -४’ को तेस्रो चरणको अडिसन सम्पन्न भएको छ। शुक्रबार कतारको प्लाजामलमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा भएको तेस्रो चरणको अडिसनबाट फाईलनलिष्टको लागि गायन र नृत्य विधाबाट ५/५ जना छनोट भएका छन्। तेस्रो चरणबाट दिपक कुमार घले (भोटिङ न १), ईसान रेग्मी (भोटिङ नम्बर २), सुजन गुरुङ

कतारमा ३५ जनाले गरे रक्तदान

दर्शन सुनार, कतार : लुम्बिनी प्रदेश समन्वय परिषद कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशले आफ्नो “पाचौं वार्षिकत्सव तथा छैठौं स्थापना दिवसको” अवसर पारेर नेपाली रक्तदाता संघ सँग समन्वय गरेर वृहत रक्तदान कार्यक्रम सप्पन्न गरेको हो । कतारको सरकारी हमद हस्पिटलमा शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराईले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । “रक्तदान नै जीवनदान” भन्ने मुल

पत्रकार तिलु शर्मा कतारका दुई संस्थाबाट एकैदिन सम्मानित

दर्शन सुनार/ कतार : भनिन्छ नि इच्छा शक्ति भयो भने चाहेको काम सजिलै गर्न सकिन्छ भनेर। इच्छा शक्तिकै कारण म्याग्दीका तिलु शर्मा पछिल्लो समय कतारमा अब्बल पत्रकार भनेर चिनिन्छन्। हुन त उनी कतारमा झन्डै २ दशक अघि कामको सिलसिलामा गएका हुन्। कतार जस्तो व्यस्त देशमा आफ्नो काममा व्यस्त हुँदाहुँदै पनि तिलुले पत्रकारितालाई निरन्तरता दिँदै आए। फलस्वरूप कतारका विभिन्न संस्थाबाट उनी सम्मानित हुँदै आएका छन्। शुक्रबार मात्रै तिलु कतारका दुई संस्थाबाट

श्रमिकको हक र हितको लागि डटेर काम गर्छु - रमेश भट्ट

दर्शन सुनार, कतार : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले श्रमिकको हक र हितका लागि डटेर काम गर्ने प्रतिबद्धता गरेका छन् । शुक्रबार कतारको एक कार्यक्रममा बोल्दै भट्टले आफू श्रमिकको हक र हितका लागि सदैब उभिने बताएका हुन्। गैर आवासीय नेपाली संघले पीडामा परेकाहरुको निष्पक्ष काम गर्दै आएको र  विभिन्न माध्यमबाट आफू समक्ष आएका श्रमिकहरुको काम निरन्तर भईरहेको भएपनि पीडितहरुको नाम ठेगाना गोप्य राखिएको उनले

नेपाली श्रमिक कल्याणकारी संघको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा खपाङ्गी मगर

दर्शन सुनार, कतार : नेपाली श्रमिक कल्याणकारी संघ कतारले चौथो साधारणसभा भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ । साधारणसभाबाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ। नेपाली श्रमिक कल्याणकारी संघ कतारका  अध्यक्ष देब लम्सालको सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता सम्पन्न सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो। नयाँ कार्यसमितिको अध्यक्षमा नारायण खपाङ्गी मगर निर्विरोध चयन भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गंगा

क्षमतावान मान्छेहरु बोकेर हिडेको छु, देश बनाएरै छोड्छु :  रबि लामिछाने

दर्शन सुनार, कतार : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने यति बेला देश बनाउने दौडानमा हिडेका छन्। बिदेश भ्रमणका क्रममा रहेका लामिछाने बिहीवार कतार आईपुगे। शुक्रबार दोहाको ओसिसबीच क्लबमा  प्रवास नेपाली सम्पर्क विभाग कतारले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई  लामिछानेले सम्बोधन गरे। चौतिस बर्षसम्म पुराना दलले आफ्ना मान्छे बोक्ने र ठेक्का पट्टा सार्ने मात्रै काम गरेकोले देश आज बर्बादी र दलदलमा फसेको सम्बोधनका क्रममा लामिछानेले बताए । लामिछानेले अन्य

'गैर आवासीय नेपाली तारा २०२३' : पहिलो अडिसनबाट ४१ जना छनोट

दर्शन सुनार, दोहा :  यतिबेला कतारमा ‘गैर आवासीय नेपाली तारा’को चौथो संस्करण संचालन भइरहेको छ। राष्ट्रिय आविस्कार केन्द्र सहयोगार्थ आयोजना गरिएको यस् कार्यक्रमको पहिलो अडिसन सम्पन्न गरिएको छ। पहिलो असिसनमा गायन विधाका ४७ र नृत्य विधाका २१ जना सहभागी थिए। जसमध्ये, गायनमा २७ र नृत्य विधामा १४ जना गरि कुल ४१ जना दोस्रो चरणको अडिसनका लागि छनोट भएका छन्। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ)