'पशुपति प्रसाद २ : भष्मे डन'को डिजिटल राइट्स ९५ लाखमा बिक्री

काठमाडौं : दिपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को डिजिटल राइट्स महंगो मुल्यमा बिक्री गरिएको छ। फ्लोरमा नजाँदै सिनेमाको डिजिटल राइट्स ९५ लाखमा बेचिएको छ। निर्माण टिमले ओएसआर डिजिटललाई डिजिटल राइट्स बिक्री गरेको हो। खगेन्द्र लामिछानेको लेखन एवम् निर्माणमा बन्ने यो सिनेमा आउँदो वर्षको दशैंमा रिलिज गरिने बताइएको छ। हाल यस् सिनेमाको लागि विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का लगायतका कलाकार निर्माण

'छक्का पन्जा ४' को गीत 'सिरुपाते जुँगामा' रिलिज

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा ४’को नयाँ गीत रिलिज गरिएको छ। निर्माण टिमले मंगलबार ‘सिरुपाते जुँगामा’ बोलको गीत रिलिज गरेको हो। गीतमा बाबुल गिरीको स्वर रहेको छ। गीतको शब्द शंकर थापा ‘स्माइल’ले लेखेका हुन् । संगीत र अरेन्जमेन्ट चाहिँ बाबुल गिरीकै रहेको छ। गीतले रिलिज अगाडि नै दर्शक स्रोताको अत्याधिक मन जितिसकेको छ। गीतमा हजारौं टिकटक समेत बनिसकेका छन् । सिनेमाको ट्रेलरमा यो गीत थोरै समेटिएको

पति शरदविरुद्ध निशा अधिकारीले अंशवण्डाको मुद्दा हालिन्

अभिनेत्री निशा अधिकारले श्रीमान् शरद भेषावकरविरुद्ध अंशबन्डा मुद्धा हालेकी छन् ।निशाले भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंश चलनको मुद्दामा न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी (सम्पत्तिको सम्पूर्ण विवरण) माग गर्न आदेश दिएको छ ।निशाले नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै पति शरदविरुद्ध मुद्दा मुद्दा दर्ता गरेकी हुन् । अंशवण्डा मुद्दा दायर गरेकी निशाले सम्बन्धविच्छेदको मुद्दा भने दायर गरेकी छैनन् । सम्बन्धविक्षेद नगरिकन पनि श्रीमतीले अंश माग

शाहरुख अभिनित पठानले गर्‍यो १०२६ करोड संकलन

बलिउडका सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ले अहिले बक्स अफिसमा एकभन्दा बढी रेकर्ड तोड्न व्यस्त छ । यस फिल्ममार्फत शाहरुखले करिब चार वर्षपछि पुनरागमन गरेका छन् । शाहरुखको पठानलाई फ्यानहरुले निकै मन पराएका छन् । शाहरुख अभिनित पठानले १०२६ करोड संकलन गरेको छ । गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी फिल्मको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ । यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको

अनमोल र दीपकराजले दिए एकअर्कालाई शुभकामना संदेश

शुक्रबारदेखि प्रदर्शनमा आएका सिनेमा ‘छड्के’ र ‘छक्का पन्जा ४’का मुख्य कलाकार अनमोल केसी र दीपकराज गिरीले एकअर्कालाई सफलताको शुभकामना दिएका छन् । अनमोलले फेसबुक मार्फत दुवै सिनेमाको पोस्टर शेयर गर्दै नेपाली सिनेमाको संरक्षण गर्नु दायित्व रहेको प्रष्ट्याउदै शुभकामना दिएका हुन् । अनमोल लेख्छन, ‘सानैदेखि मेरो यो मान्यता छ कि, नेपाली सिनेक्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो र यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो । साथै भोलिदेखि

चलचित्र पत्रकार संघमा समिर बलामीको नेतृत्वमा नयाँ कार्यसमिती चयन

चलचित्र पत्रकार संघको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिती चयन भएको छ । समिर बलामीको अध्यक्षतामा चलचित्र पत्रकार संघ, नेपालको नयाँ कार्यसमिती चयन भएको हो ।  संघको उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी ‘आवाज’ बिजयी भए । यस्तै, उपाध्यक्ष कार्यक्रमतर्फ कुवेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई विजयी भए ।  संघको महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नविन गिरी, समावेश सचिवमा उद्धव रसाइली विजयी भएका छन् । यस्तै, कोषाध्यक्षमा मनिषा कार्की बिजयी हुँदा सह–कोषाध्यक्षमा मनिष दाहाल

खादा मालासहित पल शाहलाई गरियो रिहा

काठमाडौं : नायक तथा मोडल पल शाह रिहा भएका छन् । पल आज सोमबार रिहा भएका हुन् ।नाबालिक बालिका बलात्कार आरोपमा करिब १ वर्षदेखि जेलमा रहेका थिए। रिहा भएपछि पल खुशी देखिएका छन् । हजारौं शुभचिन्तकले मुद्दा जितेकोमा बधाई दिएका छन् । उच्च अदालत पोखराबाट पलले आइतबार सफाइ पाएका हुन् । दाबी अभियोग नपुगेको भन्दै न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले पललाई सफाइ दिएको हो।

पल शाहलाई उच्च अदालत पोखराले  दियो सफाइ, सोमबार रिहा हुने

काठमाडौं । अभिनेता पल शाहलाई उच्च उदालत पोखराले सफाइ दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय सुनाएपछि शाहले त्यस फैसलाविरुद्ध उच्चमा निवेदन दिएका थिए । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो । पल आज (सोमवार) जेलबाट रिहाइ हुदैछन । बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्याायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरका

के सम्भवको प्रेममा छिन् शृङ्खला ?

नेपाली मनोरञ्जन र फेसनको बजारमा विगत केही महिनादेखि पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा संभव सिरोहियाको प्रेममा रहेको चर्चा चलिरहेको थियो । भ्लगर सिसन बानियाँसँग ब्रेकअपपछि श्रृङ्खला र संभवको प्रेम चर्चा सुरु भएको हो ।  यसैबिच, सार्वजनिक भएको एक तस्वीरले यी दुइको  प्रेम चर्चामा बल मिलेको छ । संभव सिरोहियाको एक तस्वीरको पृष्ठभूमिमा श्रृङ्खला छिन् । उनीहरुको यो तस्वीर थाहा भएर नै सार्वजनिक भयो या अन्जानमा यो उनीहरुले नै जान्ने कुरा

पलको जन्मदिन मनाउन केक लिएर कारागार पुगिन् पूजा

नायक पल शाहको आज (फागुन १० गते) जन्मदिन हो । नायिका पूजा शर्मा पललाई भेट्न तनहुँ कारागारमा पुगेकी छन् । निर्देशक शोभित बस्नेतसँग पूजा बुधबार कारागार पुगेकी हुन् । पल शाहलाई सामाजिक संजालबाट उनका हितैषी र अन्य फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । पूजाले भने कारागारमै गएर पललाई जन्मदिनको शुभकामना दिएकी हुन् । पल र पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र थुप्रै म्युजिक भिडियो खेलेका छन्