‘आँधी तुफान-२’ माघ २७ मा रिलिज हुने
काठमाडौं । चेलिबेटी बेचबिखनको विषयवस्तुलाई आधार बनाएर निर्माण भएको चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार यो फिल्मको वितरण आरआर फिल्मस्ले गर्ने भएको छ । सो कम्पनीसँग छलफलका क्रममा रिलिज मिति तय भएको हो । चलचित्रमा सञ्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, विन्दिया ठकुरी, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी,