नवराजको ‘पहेली बार’ सार्बजनिक
नेपालगन्ज । निर्देशक नवराज सुवेदीको थारु भाषाको ‘पहेली बार ’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । बांकेको आकर्षक गन्तव्य गाभर होमस्टेमा छायांकन गरिएको गीतको भिडियो सोमबार आरकेसी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । दर्जनौ भिडियोसंगै पछिल्लो भिडियो ‘तोहार नथिया’ को सफलतासंगै हौसिएका निर्देशक सुवेदिको ‘पहेली बार’ थारु भाषाको पांचौ भिडियो हो । माया प्रेमसंगै थारु संस्कृतिलाई देखाइएको गीतमा तिलक चदारा र रितु चौधरीको आकर्षक नृत्य र अभिनय