आगामी दिनमा गीत संगीतकै कर्ममा डटिरहने प्रतिबद्धता व्यक्त गर्दछु : लिना रेग्मी
काठमाडौं : लोकप्रिय म्युजिक कम्पनी विन्ध्यवासिनी म्युजिक प्रालि र गायक प्रमोद खरेल बिचको विवादले पछिल्लो समय सांगीतिक क्षेत्रदेखि सामाजिक संजाल तातियो। जुन विवाद प्रमोद खरेलको आवाजमा रहेको “प्रणय” एल्बमको प्रतिलिपी अधिकार हननको विषयमा थियो। धेरैले यस् सम्बन्धि आ-आफ्नो विचार राखे। उसो त प्रमोदले आफ्नो अधिकार हनन भएको भन्दै मुद्दा दर्ता समेत गराएका थिए। मुद्दा दर्ता भएपछि प्रहरीले विन्ध्यवासिनीका संचालन लिना रेग्मीलाई हिरासतमा पनि राख्यो। अन्ततः यो विषयले कस्तो टुंगो लियो